Logo

बोर्डले बनायो एफपीओको मूल्य निर्धारण सम्बन्धी मापदण्ड, यस्ता छन् आधार ?

बोर्डले बनायो एफपीओको मूल्य निर्धारण सम्बन्धी मापदण्ड, यस्ता छन् आधार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले फरदर पब्लिक अफपरिङ (एफपीओ)को मूल्य निर्धारण सम्बन्धी मापदण्ड तयार गरेको छ । सुचिकृत कम्पनीहरुले आफुखुशी मूल्य निर्धारण गरी एफपीओ जारी गर्न थालेपछि बोर्डले मापदण्ड नै निर्माण गरेको हो ।

एफपीओ जारी गर्दा विभिन्न ४ वटा पक्षलाई प्राथमिकता दिनुपर्ने बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । जसअनुसार पूँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पतीको मूल्य, १ सय ८० दिनको औषत बजार मूल्य, भविश्यमा प्राप्त हुने नगद प्रवाहको बर्तमान मूल्यलाई आधार मानेर एफपीओको मूल्य निर्धारण गर्न सकिने छ ।

साथै एफपीओको विभिन्न आधारहरु अवलम्बन गरी मूल्य गणना गर्ने र सवै विधिबाट प्राप्त भएको कुल मूल्यको सामान्य औषत गणना गरी वास्तविक मूल्य निकाल्नुपर्ने छ । साथै कम्पनीले एफपीओ जारी गर्न साधारणसभाबाट निर्णय भएको ४ महिना भित्र बोर्डमा जानकारी गराइसक्नुपर्ने हुन्छ ।

यसैगरी एफपीओ मूल्यको औचित्य पुष्टीका लागि पनि विभिन्न ५ वटा विधि अवलम्बन गरेको छ । जसमा सम्बन्धित व्यवसायको औषत प्रतिफल तथा विटा गणना भएको हकमा सोको आधार, प्रति सेयर खुद सम्पती मूल्य गणनाको लागि समावेश भएको सम्पूर्ण विवरण, औषत बजार मूल्य गणना गर्न बोर्डमा आवेदन दिनुभन्दा १ सय ८० दिनको मूल्य, वित्तीय प्रक्षेपणका आधार र छुट दर तथा टर्मिनल ग्रोथ रेट गणनाका आधारहरु समेत पुष्टि गर्नुपर्ने हुन्छ ।

यसरी एफपीओ जारी गर्दा स्वच्छ र पारदर्शिता हुने बोर्डको विश्वास रहेको छ । साथै उक्त विधीबाट एफपीओ जारी गर्दा हाल विभिन्न कम्पनीले राख्ने गरेको मूल्यभन्दा बोर्डको विधिअनुसार जारी गर्दा सेयर मूल्य कम हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL