Logo

अर्थमन्त्रालय पुग्यो नेप्से पुनर्संरचनाको प्रस्ताव, सर्वसाधारणलाई ३० प्रतिशत आईपीओ जारी गर्ने

अर्थमन्त्रालय पुग्यो नेप्से पुनर्संरचनाको प्रस्ताव, सर्वसाधारणलाई ३० प्रतिशत आईपीओ जारी गर्ने



काठमाडौं । अन्यौलमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना कामको प्रस्ताव फेरी अर्थमन्त्रालय पुगेको छ । यसअघि पठाएको प्रतिवेदन अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन महाशाखा थन्किए पछि नेप्सेले पुनः उक्त प्रतिवेदन अर्थमन्त्रालय पठाएको हो ।

यसअघि नेप्सेका अध्यक्ष भुपाल बराल हुँदा नेप्सेले प्रतिवेदन अर्थमन्त्रालय पठाएको थियो । नेप्सेले पठाएको उक्त वित्तीय व्यवस्थापन महाशाखामा अर्थात बरालकै महासाखाबाट पास हुन नसके पछि नेप्से नयाँ अध्यक्ष्य शोभाकान्त पौडेल नियुक्त भएका छन । पौडेल नियुक्त भएपछि बसेको बोर्डको सञ्चालक समितिको बैठकले उक्त प्रतिवेदन फेरि मन्त्रालय पठाएको हो ।

नेप्सेले पुनर्संरचनाको प्रस्तावमा आफ्नो चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव राखेको छ । हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । सर्वसाधारणलाई उक्त पुँजीको ३० प्रतिशत आईपीओ जारी गर्न दिने र अन्य संघ संस्थालाई ३६ प्रतिशत आईपीओ दिएर कम्पीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने गरी प्रस्वात पेस गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

नेप्सेले पुनर्संरचनाको प्रतिवेदनमा राखेको मूख्य प्रस्ताव नै आईपीओ निष्कासनको प्रस्ताव रहेको उनी बताउँछन । नेप्सेको उक्त प्रस्वावलाई कार्यन्वयन गर्न प्रतिवेदन अर्थमन्त्रालयबाट पास हुनुपर्छ । अर्थमन्त्रालयबाट पास भएपछि उक्त प्रतिवेदनलाई मन्त्री परिषद्को बैठकले पास गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस पछि मात्र नेप्सेको आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL