Logo

नविलको अगुवाइमा अर्घाखाँची सिमेन्टमा ६ बैंकको लगानी, सवा ४ अर्ब लगानी थपिँदै

नविलको अगुवाइमा अर्घाखाँची सिमेन्टमा ६ बैंकको लगानी, सवा ४ अर्ब लगानी थपिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्नो क्षमता साढे २ गुणाले बढाउने भएको छ । उक्त क्षमता बृद्धिका लागि नविल बैकको नेतृत्वमा विभिन्न ६ वटा बैंकले लगानी गर्ने भएका छन् ।

लगानी बृद्धि लागि आज एक कार्यक्रमबीच नविल बैंकका प्रमखु कार्यकारी अधिकृत सशिन जोशी र अर्घाखाँची सिमेन्टका निर्देशक मनोज केडिायाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

आर्घाखाँचीले सिमेन्ट उद्योगमा थप ४ अर्ब १३ करोड रुपैयाँ लगानी गर्ने भएको छ । जसमध्ये नविल बैंकको अगुवाइमा नेपाल बैंक, एनआइसि एसिया बैंक, ग्लोवल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र सेन्चुरी बैंकले २ अर्ब ८९ करोड रुपैयाँ लगानी गर्ने छन् भने प्रवद्र्धकहरुले १ अर्ब २४ करोड रुपैयाँ थप लगानी गर्ने भएका छन् ।

हाल उद्योगले दैनिक १ हजार २ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । लगानी बृद्धिसँगै अर्घाखाँचीको उप्पादन क्षमता बढेर दैनिक ३ हजार मेट्रिक टन पुग्ने भएको छ ।
हाल अर्घाखाँची सिमेन्टमा सिद्धार्थ गु्रप, मुरारका अर्गनाइजेशन, केडिया अर्गनाइजेशन र भारतको उमा सिमेन्ट इन्टरनेशनलको लगानी रहेको छ । उक्त क्षमता बृद्धिसँगै अर्घाखाँची सिमेन्ट नेपालकै ठूलो उद्योग बन्ने कम्पनीको दावी छ । साथै डढबर्ष भित्र क्षमता विस्तारकार्य सकिने कम्पनीले जानकारी दिएको छ ।

साथै कम्पनीले क्षमता बृद्धिका लागि उच्च प्रविधिको फ्लिस्मिथ कम्पनीको भीआरएम प्रविधिको मिल खरिद गर्ने भएको छ । उक्त मेसिन ल्याउनका लागि कम्पनीले एलसी समेत खोलीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्