Logo

ईस्वी संवतकाे नयाँ बर्ष सन् २०२४ शुरु, संसारभर भव्य स्वागत

ईस्वी संवतकाे नयाँ बर्ष सन् २०२४ शुरु, संसारभर भव्य स्वागत



काठमाडौँ । अंग्रेजी पात्रोअनुसार आज (सोमबार) देखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । ईस्वी संवतकाे नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम हुँदैछन् । पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनीलगायतका ठाउँमा आइतबार साँझ ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन् । अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालमा पनि घुमघाम गर्ने, पिकनिक खान जाने क्रम बढ्दै गएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो । अहिले विश्वव्यापी रुपमा ईस्वी सम्वत प्रयोगमा छ । नेपालमा यो सम्बत प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । अंग्रेजी नयाँ वर्ष पहिलो पटक किरिबाटीमा प्रवेश गरेको थियो । त्यसपछि न्युजिल्यान्डमा नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको थियो । अस्ट्रेलिया र जापानमा पनि नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको छ । विश्वरभर नयाँ वर्षलाई भव्य स्वागत गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL