Logo

नेपाल बैंकको सिइओमा ५ जनाको नाम सिफारिस, को–को परे ?

नेपाल बैंकको सिइओमा ५ जनाको नाम सिफारिस, को–को परे ?



काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ५ जनाको नाम सिफारिस भएको छ । छनौट समितिले आइतबार राति आवेदक १९ जनामध्ये पाँच जनाको नाम सिफारिस गरेको हो ।

समितिले अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टको नाम सिफारिस गरेको छ । समितिले छनोट भएका पाँच जनालाई पुस ४ गते व्यवसायिक कार्ययोजनासहित प्रस्तुतिकरणका लागि उपस्थित हुन भनेको छ ।

बैंकको सिइओका लागि अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्णप्रसाद आचार्यले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्