Logo

सेबोन अध्यक्ष हमालविरुद्ध अख्तियारमा उजुरी, लाइसेन्स वितरणमा अर्बाैं भ्रष्टाचार गरेको आरोप

सेबोन अध्यक्ष हमालविरुद्ध अख्तियारमा उजुरी, लाइसेन्स वितरणमा अर्बाैं भ्रष्टाचार गरेको आरोप



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोर्डका अध्यक्ष हमाल, बोर्ड सदस्य रितेशकुमार शाक्य, मकुन्द कुमार क्षेत्री, विज्ञ बोर्ड सदस्य भोलानाथ ढुंगानालगायत कर्मचारीको मिलोमतोमा नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको लाइसेन्स प्रदान गर्ने नाममा ठूलो आर्थिक भएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको हो ।

यो उजुरी मंसिर २६ गते नै अख्तियारमा पुगेको देखिएको छ । उजुरीमा उनीलगायत केहि कर्मचारीहरुले ब्रोकर छनोट, स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया, कमोडिटी एक्सचेन्ज, प्रिमियममा सेयर निश्काषन गर्न दिई अर्बौं रुपैयाँ जनताबाट व्यापारीलाई उठाउन स्वीकृति दिई आर्थिक अपचलन गरेको, एउटा व्यापरिक घरानालाई विशेष संरक्षण गरी अर्बौं रुपैयाँ आर्थिक अपचलन गरेको उल्लेख छ ।

उनी करिब दुई बर्से कार्यकाल सकिएर बिदा हुने बेला भएको छ । यहि बेलामा उनीविरुद्ध विभिन्न ५ आरोपसहित अख्तियारमा उजुरी परेको हो । जसमा व्यापारिक घराना शंकर समुहलाई पोस्ने काम गरेको, लाईसेन्स प्रक्रियामा भ्रष्टाचार गरेकोलगायतका आरोप लगाईएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL