Logo

पर्यटक बढेपनि सेवा आय २८ अर्बले घाटामा, ६५ प्रतिशतले बढ्यो नेपालीले विदेशमा गर्ने खर्च

पर्यटक बढेपनि सेवा आय २८ अर्बले घाटामा, ६५ प्रतिशतले बढ्यो नेपालीले विदेशमा गर्ने खर्च



काठमाडौं । पछिल्लो समय नेपालमा पर्यटन आप्रवाहमा लगातार सुधार भएपनि नेपालको सेवा आय भने २८ अर्ब २० करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको कार्तिकसम्म यस्तो आय २८ अर्ब २० करोड रुपैयाँमा पुगेको हो ।

यो गत आवको सोही अवधिको तुलनामा करिव २ अर्ब रुपैयाँले बढी पनि हो । गत आवको कार्तिकसम्म नेपालको सेवा खाता २६ अर्ब ७८ करोड रुपैयाँले घाटामा थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो ४ महिनामा नेपालको सेवा खाताअन्तर्गत भ्रमण आय ४७.२ प्रतिशतले वृद्धि भई २५ अर्ब ७४ करोड पुगेपनि नेपालको भ्रमण व्यय भने ६५ प्रतिशतले बढेर ६१ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

यसरी भ्रमण आयभन्दा व्यय अर्थात नेपालीले विदेश घुम्न लैजाने खर्च बढी हुँदा नेपालको सेवा खाता घाटामा रहेको देखिएको छ । चालु आवको कार्तिकसम्म भएको सेवा व्ययतर्फ शिक्षातर्फकाे व्यय ३८ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय २२ अर्ब ६१ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL