Logo

हिमालयन रिको पक्षमा पाटन उच्च अदालत, अन्तरिम आदेश दिन अस्विकार

हिमालयन रिको पक्षमा पाटन उच्च अदालत, अन्तरिम आदेश दिन अस्विकार



काठमाडौं । उच्च अदालत पाटनले हिमालयन रि-इन्स्योरेन्सको पक्षमा फैसला गरिदिएको छ । यसअघि कम्पनीको प्रिमियममा आईपीओ ल्याउने निर्णय विरुद्ध परेको रिटमा मंगलबार अदालतले अन्तरिम आदेश जारी नगरी कम्पनीको पक्षमा फैसला गरिदिएको हो । यससँगै हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियममा आइपीओ ल्याउने बाटो खुला खुला भएको छ ।

गएको असोज २२ गते हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा ल्याउन लागेको आइपीओ रोक्न माग गर्दै अधिवक्ता भीमसेन रायमाझी र यम प्रसाद भट्टराईले संयुक्त रुपमा पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

कम्पनीले सर्वसाधारणका लागि मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गर्दैछ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण सेयर जारी गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
MBL