Logo

नयाँ सरकार गठनसँगै नेप्से द्रुतगतिमा ओरालो, एकैदिन ४५ अंकले घट्यो

नयाँ सरकार गठनसँगै नेप्से द्रुतगतिमा ओरालो, एकैदिन ४५ अंकले घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नयाँ सरकार निर्माणसँगै नेप्से परिसुचक उच्च रुपमा ओरालो लागेको छ । नयाँ सरकार गठनको हल्ला चलेसँगै ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक साताको अन्तिम दिन आज ४५ दशमलव १२ अंकले ओरालो लागेको छ ।

अघिल्लो साताको अन्तिम दिनबाट ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक यो साताभर ओरालो लागेको हो । सेयर बजार लामो समयपछि आज एकैपटक ४५ अंकले ओरालो लागेको हो ।

विहीबार पनि सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय अंकले घटेको छ । नेप्से परिसुचकमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि २३ दशमलव २६ अंकले ओरालो लाग्न पुगेको छ ।

बजारमा विकास बैंक समुह पनि २४ अंकले ओरालो लागेको छ भने फाइनान्स समुह भण्डै १७ अंकले घट्न पुगेको छ । यसैगरी होटल समुह ४३ अंकले ओरालो लाग्दा जलविद्युत ३४ अंकले घटेको छ ।

बजारमा दिनभर कुल १ सय ३७ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल १ अर्ब ६ करोड रुपैयाँ बरावरको १७ लाख ५ हजार कित्ता सेयर खरिदविक्री भएको छ । जसमध्ये सवैभन्दा बढी सिद्धार्थ बैंकको ८ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL