Logo

उद्योगमा युरोपेली लगानी घट्यो, अस्थिर सरकार र लगानीको वातावरण प्रमुख कारण

उद्योगमा युरोपेली लगानी घट्यो, अस्थिर सरकार र लगानीको वातावरण प्रमुख कारण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अघिल्लो बैशाखमा गएको भुकम्प तथा झण्डै चार महिना लामो भारतीय नाकाबन्दीको प्रभाव विदेशी लगानीमा परेको छ । आर्थिक बर्ष २०७२ /७३ मा नेपालमा १५ अर्व १३ करोड ९६ लाख रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । यो अघिल्लो आवको तुलनामा ५२ अर्व २८ करोडले कम हो ।

आर्थिक बर्ष २०७१/ ७२ मा ६७ अर्व ४२ लाख रुपैयाँ बराबरको विदेशी लगानी भित्रएको थियो । त्यस्तै सो अवधिमा नेपालमा विदेशी लगानीको उद्योग स्थापनामा पनि कमी आएको छ । गत आवमा ३ सय ४१ विदेशी लगानीक उद्योग दर्ता भएका छन् । अघिल्लो आवमा ३ सय ६९ ओटा उद्योग विभागमा दर्ता भएका थिए ।

नाकाबन्दी तथा भुकम्पका कारण नेपालमा सवैभन्दा बढी लगानी रहेको भारत र चीनका साथै युरोपेली देशको लगानीमा पनि कमी आएको छ । विस्तारै आकर्षित हुँदै गएको युरोयिन लगानीकर्ताको मनोवल समेत घटेको देखिएको हो । उद्योग विभागको तथ्यांक अनुसार अघिल्लो आवमा २ अर्व ९२ करोड ८८ लाख रुपैयाँको लगानी भएकोमा गत आवमा सो लगानी २ अर्व १८ करोड ५२ लाख रुपैयाँमा सिमित भएको छ ।

यो अघिल्लो आवको तुलनामा ७० करोडले कम हो । भुकम्प तथा झण्डै चार महिना लामो भारतीय नाकाबन्दी  र नेपालमा राजनितीक अस्थिरताले गर्दा पनि युरोपेली लगानीकर्ता नेपालमा लगानी गर्न डराएको बताइएको छ ।
आर्थिक बर्ष ७१ ७२ मा ५५ ओटा उद्योग दर्ता भएका देखिन्छन् । गत बर्ष ३८ ओटा युरोपियन लगानीका उद्योग दर्ता भएका थिए ।

सो अवधिमा युरोपेली लगानीमा दर्ता भएका उद्योगबाट १ हजार ३ सय १२ जनाले रोजगारी पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्