Logo

सेयर बजारमा फर्कियो उत्साह, सूचकसँगै कारोबार रकममा पनि छलाङ

सेयर बजारमा फर्कियो उत्साह, सूचकसँगै कारोबार रकममा पनि छलाङ



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । पछिल्लो समय लगातार घट्दै लगानीकर्ता निराश बनाएको सेयर बजार यो हप्ताको सुरुवातिमै उच्च अंकले बढ्न पुगेको हो ।

आईतबार नेप्से ४७.७५ अंकले बढ्दै १९०७ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर २ सय ९४ कम्पनीका ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि २ अर्ब १ करोड १७ लाख ६३ हजार माथि पुगेको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये २ सय १४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा २३ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ । यससँगै आज ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका कम्पनीहरुमध्ये सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सेयर सबैभन्दा बढी ११ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समुहको परिसुचकहरु उकालो लाग्दा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ४४९ अंकले उकालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्