Logo

४ दिनयता नेप्से निरन्तर ओरालो, बुक क्लोजको अन्तिम दिन प्राइमको २० करोडको कारोवार

४ दिनयता नेप्से निरन्तर ओरालो, बुक क्लोजको अन्तिम दिन प्राइमको २० करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गत हप्ताको बिहिबारदेखि घट्न शुरु गरेको नेप्से परिसुचक आजसम्म आइपुग्दा निरन्तर ओरालो लागेको छ । मंगलबार बजार खुल्दा सामान्य बढेको नेप्से परिसुचक अन्तमा १८ दशमलव ९४ अंकले ओरालो लागेको छ । दिनभर घटेको नेप्से परिसुचक अन्तमा १ हजार ८ सय २६ दशमलव ४७ अंकमा झरेर अडिएको छ ।

बजारमा आज पनि उत्पादनमुलक वाहेक अन्य सवै समुहका परिसुचक ओरालो लागेका छन् । विशेषगरी बैंक, बीमा र विकास बैंक समुहका परिसुचकमा उच्च गिरावट आउँदा समग्र नेप्से परिसुचक घटेको हो । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ४६ अंकले घटेको छ भने बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि १८ अंकले ओरालो लागेको छ । यस्तै, विकास बैंक समुह पनि २४ अंकले ओरालो लागेको छ । बजारमा अन्य समुहका परिसुचक भने सामान्य रुपमा घटेका छन् ।

मंगलबार सवैभन्दा बढी प्राइम कमर्सियल बैंकको सेयर कारोवार भएको छ । हपकप्रद अघिको बुक क्लोजको अन्तिम दिन प्राइम बैंकको १९ करोड ७४ लाख रुपैयाँको सेयर खरिद विक्री भएको छ । बुक क्लोजको अन्तिम दिन प्राइमको सेयर प्रतिकित्ता ४ रुपैयाँले बढेर ८ सय ७० रुपैयाँमा बन्द भएको छ ।

यसैगरी वित्तीय विवरण सार्वजनिक गरेकै दिन सिद्धार्थ बैंकको पनि पौने ११ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ । नाफाको हिसावले पहिलो पटक विलिनियर क्लवमा प्रवेश गरेको सिद्धार्थको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले घटेर १ हजार ३ सय ३९ रुपैयाँमा बन्द भएको छ । बैंकले आफ्नो नाफामा उच्च सुधार गरेपनि सेयर मूल्य भने ओरालो लागेको छ ।

बजारमा दिनभर कुल १ सय ३९ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल १ अर्ब ४२ करोड रुपैयाँ बरावरको ३२ लाख ९८ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL