Logo

धितोपत्र बोर्डको एक्सन : एकैपटक ८९ सूचीकृत कम्पनीलाई कारबाही ५० हजारदेखि एक लाखसम्म जरिवाना

धितोपत्र बोर्डको एक्सन : एकैपटक ८९ सूचीकृत कम्पनीलाई कारबाही ५० हजारदेखि एक लाखसम्म जरिवाना



काठमाडौं । नेपाल घितोपत्र बोर्डले विभिन्न ८९ सूचीकृत कम्पनीलाई कारबाही गरेको छ । बोर्डलाई उपलब्ध गराउनुपर्ने विवरण समयमै नबुझाएका कारण उनिहरुलाई जरिवानासहितको कारबाही गरिएको बोर्डले जानकारी दिएको छ ।

धितोपत्र बोर्डले यसअघि गत ११ साउनमा एक सूचना जारी गर्दै समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गरेको थियो । त्यसैबेला समयमै विवरण नबुझाए धितोपत्र सम्बन्धी ऐनको दफा १०१ अनुसार कारवाही र जरिवाना गर्ने चेतावानी दिएको थियो ।

कम्पनीहरूले आफ्ना वित्तीय विवरण, वासलातहरू, अर्धवार्षिक विवरणलगायतका विवरणहरु प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र बोर्डमा बुझाउनुपर्ने हुन्छ ।

सोही अनुसार विवरण नबुझाएका कम्पनीहरुलाई बोर्डको सोमबार बसेको संचालक समितिको बैठकले ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवानासहित कारबाही गर्ने निर्णय बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताए ।।

प्रतिक्रिया दिनुहोस्