Logo

नेप्से २८ अंकले बढ्दा पौने ३ अर्बको कारोवार, कसले किन्यो सिद्धार्थको २५ करोडको सेयर ?

नेप्से २८ अंकले बढ्दा पौने ३ अर्बको कारोवार, कसले किन्यो सिद्धार्थको २५ करोडको सेयर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तत २८ अंकले बढ्न गएको छ । शुरुमा सामान्य रुपमा बढेपनि अन्तमा परिसुचन उच्च रुपमा बढेको हो । मंगलबार नेप्से परिसुचक बढेर १ हजार ८ सय ६६ दशमलव ५० अंकमा पुगेको छ ।

मंगलबार बजारमा बैकिङ समुहको बाहुल्यता रहन गयो । सो समुहको परिसुचक २७ दशमलव २४ अंकले बढ्दा समग्र नेप्से परिसुचक उकालो लागेको हो । बजारम उत्पादनमुलक वाहेक सबै समुहको परिसुुचक उकालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी होटल समुहको परिसुचक ७६ अंकले बढेको छ ।

मंगलबार कारोवार रकममा पनि बैंकिङ समुहकै वाहुल्यता रहेको छ । बढी कारोवार हुने १० कम्पनीमा बैंकिङ समुहको ९ कम्पनी रहेका छन् । जसमध्ये सवैभन्दा बढी सिद्धार्थ बैंकको सेयर खरिदविक्री भएको छ । सो बैंकको २५ करोड ४५ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । आज धेरैजसो ब्रोकरबाट सिद्धार्थ बैंकको सेयर खरिदविक्री भएको छ ।

यसैगरी दोस्रो बढी कारोवार हुनेमा नेपाल बंगलादेश बैंक रहेको छ । सो बैंकको पनि १३ करोड ४५ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । यसैगरी नेपाल बैंक र प्राइम कमर्सियल बैंकको पनि ९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदविक्री भएको छ ।

मंगलबार कारोवार रकमले पनि रेकर्ड तोडेको छ । दिनभर कुल २ अर्ब ७५ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । कुल १ सय ४३ कम्पनीको ५८ लाख ८८ हजार सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्