Logo

‘इन्साइडर ट्रेडिङ’ को छानविन कहिले ? किन मौन छ नियामक ?

‘इन्साइडर ट्रेडिङ’ को छानविन कहिले ? किन मौन छ नियामक ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नियामक निकायको मिलेमत्तोमा धितोपत्र बजारका ‘इन्साइडर टे«डिङ’ हुँदा लगानीकर्ताहरु मारमा परेका छन् । विशेषगरी नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका कर्मचारीले इन्साइडर ट्रेडिङलाई प्रसय दिँदा अन्य लगानीकर्ता मारमा परेका नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरेले बताए । ‘नियामक निकायका कर्मचारीले बर्षोदेखि इन्साइटर ट्रेडिङ गर्दै आएका छन्,’ उनले भने, ‘तर सो विषयमा अहिलेसम्म छानविन तथा कारवाही हुन सकेको छैन ।’

आफू मातहतका कर्मचारीले खुलमखुला इन्साडर ट्रेडिङ गर्दा पनि बोर्ड चुप लागेर बसेको घिमिरेको आरोप छ । कपितपय कर्मचारीले ब्रोकर अफिस नै संचालन गरेका छन् भने कोही कर्मचारीले सुचना दिए बापत कमिशन लिने गरको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । सो सम्बन्धमा तत्काल छानविन गर्नुपर्ने देखिन्छ । अन्यथा सुचनाको पहुँच हुनेले मात्र बजारमा चलखेल गर्ने र अन्य साधारण लगानीकर्ता सधै मारमा पर्नेछन् ।

इन्साइडर ट्रेडिङको विषयमा वर्षोदेखि कुरा उठोपनि सो विषयमा धितोपत्र बोर्डले नेप्सेले कुनै चासो नदिएको घिमिरेको आरोप छ । ‘पछिल्लो समय बोर्डले अन्य विषयमा छानविन प्रक्रिया अघि बढाएको छ,’ उनले भने, ‘तर, आफू मातहतका कर्मचारीले गैर कानूनी काम गर्दा सो विषयमा चासो दिएको ‘तर, आफू मातहतका कर्मचारीले गैर कानूनी काम गर्दा सो विषयमा चासो दिएको छैन ।’

अहिलेको मौजुदा नियमले इन्साइडर कारोवारलाई रोक्न नसकिने नेप्सेका महाप्रवन्धक सिताराम थपलिया बताउँछन् । ‘कुनै पनि कम्पनीको हकप्रद, बोनस, पूँजी बृद्धिजस्ता विषयमा निर्णय हुनुभन्दा पहिला नै सो कम्पनीका संचालक तथा कर्मचारीले बजारमा सुचना ल्याउँछन्,’ उनले भने, ‘निर्णय हुनुभन्दा पहिला नै उनीहरुले आफ्नो स्वार्थ अनुसार कारोवार गरेका हुन्छन् ।’ यसरी गरिने कारोवारलाई नेप्सेले चाहेर पनि रोक्न नसक्ने उनको तर्क छ । हाल नेप्सेमा आउने सूचना सम्बन्धित कम्पनीलाई अपलोड गर्ने अधिकार दिएकाले इन्साइडर कारोवारमा नेप्सेको कुनै हात नहुने समेत थपलियाले स्पष्ट पारे ।

थपलियाका अनुसार इन्साइडर ट्रेडिङका सम्बन्धमा छुट्टै नियम बनाएर अध्ययन अनुसन्धान हुन आवश्यक छ । ‘कुनै पनि कम्पनीको वारेमा निर्णय हुनुभन्दा पहिला क–कस्ले अनावश्यक सुचना चुहाएर कारोवार गरेका छन् सो विषयमा अध्ययन हुनु जरुरी छ,’ उनले भने, ‘मौजुदा व्यवस्था अनुसार त्यसो गर्न सकिँदैन ।’ सुचना चुहावटबाट गरिएको कारोवारको सम्बन्धमा अनुसन्धान नगरेसम्म इन्साइडर ट्रेडिङ नरोकिने समेत उनले जानकारी दिए ।

इन्साइडर कारोवारले प्रसय पाउँदा बजार सिमित व्यक्तिको पकडमा रहँदै आएको छ । त्यस्ता व्यक्तिले कुनै पनि कम्पनीको पहिला सुचना लिएर बजारमा चलखेल गर्दै आएका छन् । विश्वमा इन्साइडर ट्रेडिङ गर्दा बीसौं वर्ष जेल सजाय र सोही अनुरुप जरिवाना हुन्छ । तर, नेपालमा त्यसरी कारोवार हुनेको छानविन समेत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL