Logo

नेपालजस्तै कृषि प्रधान भुटान, पर्यटनले फेरिदियो अर्थतन्त्रको काँचुली

नेपालजस्तै कृषि प्रधान भुटान, पर्यटनले फेरिदियो अर्थतन्त्रको काँचुली


बिजखबर संवाददाता
27
Shares

केहि बर्ष अघिसम्म दक्षिण एसियाका अन्य राष्ट्रले अविकसित अवस्थाको कुनै उदाहरण दिनुपरे आफ्नो अवस्थालाई भुटानसँग जोडेर विश्लेषण गरिरहेका हुन्थे । शिक्षा, स्वास्थ्य, सडक होस अथवा पूर्वाधारका संरचना, भुटानको अवस्थासँग दाँजेर विकास नहुनुको स्तर मापन हुने गथ्र्यो । परिस्थिती अब बदलिएको छ ।

पछिल्लो समय विकासका कतिपय मोडलका लागि भुटान आफै बलियो उदाहरण बन्न थालिसकेको छ । भुटानको प्रतिस्पर्धा अब दक्षिण एसियासँग मात्र सिमित छैन । विकासका हरेक आयाममा दक्षिण एसियाबाट बाहिर निस्केर सारा विश्वलाई भुटानले स्वागत गर्न थालिसकेको छ । मतलब, दक्षिण एसियामा मात्र सिमित भुटानको परिचय यति फराकिलो बनिसकेको छ की सायद अब यो नाम त्यती नौलो मानिदैंन ।

करिब धेरै कुरा समान छन्, भुटान र नेपालका । राजनीतिक रुपमा लामो समय नेपालले राजतन्त्रात्मक शासन भित्र रह्यो, भुटानमा अझै पनि त्यो कायम छ । नेपालजस्तै संसदीय व्यवस्था कायम नै छ । भुपरिवेष्ठित मुलुक अनि जैविक विविधता करिब उस्तै उस्तै छन् । कृषिमा निर्भर अर्थतन्त्र दुवैका समान परिचय हुन् । अझ भुटानमा पशुपालनको वर्चस्व छ । पहाडै पहाडको बनोट, ७२ प्रतिशत वनजङ्गलले ओगटेको क्षेत्र भुटानका थप परिचय हुन् । नेपाल पनि करिब यस्तै नै छ ।

विकासमा निकै पछाडी परेको भनिएको भुटान पछिल्लो समय भने पर्यटन र त्यहाँ रहेको जलस्रोतको उपयोग गरेर नेपाल आफैका लागि सबैभन्दा बलियो उदाहरण बनेको छ । पर्यटन र जलस्रोत दुवै देशका अर्थतन्त्र सबल बनाउन सक्ने सम्भावनाका क्षेत्रका रुपमा धेरै अघिदेखि ब्याख्या हुँदै आएका छन् । फरक यत्ति हो यस्ता स्रोत परिचालनको सम्भावनालाई भुटानले अधिकतम उपयोगको नीति अघि सारिसकेको छ । त्यसैले त पर्यटनको क्षेत्रमा भुटानले आफ्नो विशिष्ट पहिचान मात्र बनाएको छैन, यसको अर्थतन्त्रलाई नै बलियो मोडमा ल्याइदिएको छ ।

punakha_dzong_by_ernieleo

‘हाई भ्यालु–लो भोलुम’पर्यटन

आफ्नो देशमा रहेका सम्पदा देखाउने लक्ष्यसहित भुटानले सन् १९७४ मा मात्र पर्यटन क्षेत्र खुला गरेको हो । त्यतिबेला पनि त्यहाँको सरकार पर्यटनबाट त्यति उत्साहित भने थिएन । भुटानको चिन्ता ‘मास टुरिजम’ले नकारात्मक असर पार्छ कि भन्ने थियो । त्यसैले त्यतिबेलै भुटानले उच्च गुणस्तर सहितको कम सङ्ख्या सहितको ‘हाई भ्यालु–लो भोलुम’पर्यटन नीति अख्तियार गर्यो ।

त्यस लगत्तै पर्यटक भित्रने खास समयमा दैनिक न्युनतम दुई सय ५० डलर र लो सिजनमा न्युनतम दुई सय डलर प्रति पर्यटक खर्च गर्नेपर्ने नियम पनि भुटाले लागि ग¥यो । जबकी यो मूल्य नेपालमा अहिले जम्मा प्रतिदिन पर्यटक खर्च ७० डलर मात्र रहेको छ ।

भुटानले प्याकेजमै दैनिक खर्चको व्यवस्था गरेको हो । जसमा भिसा शूल्क, खाना, बसाई, यातायात र गाइड सेवा समेत जोडिएको छ । यहिं दैनिक प्याकेजको खर्चबाट भुटानले एउटा गज्जबको योजना समेत कार्यान्वयन गरिरहेको छ । प्रति पर्यटक प्राप्त हुने आम्दानी मध्यबाट केहि रकम निःशूल्क स्वास्थ्य तथा शिक्षाको लागि सरकारले प्रयोग गरिरहेको छ । बाँकी रकम भने पर्यटकलाई सेवा उपलब्ध गराउने टुर अपरेटर्सलाई प्रदान गरिन्छ । यो नीतीले कम खर्च गर्ने पर्यटकभन्दा धेरै खर्च गर्न सक्ने पर्यटकमात्र भुटान भित्रन थाले । पर्यटनको गुणस्तर बढाउन यो निकै महत्वपूर्ण साबित बन्यो ।

भुटानले लागु गरेको पर्यटन नीति विश्वमै उसले सुरु गरेको ‘ग्रस नेसनल ह्याप्पीनेस’ अर्थात कुल गार्हस्थ्य खुशिपनको रणनीतिमा आधारित थियो । विश्वभर कुल गार्हस्थ्य उत्पादनमा अर्थतन्त्रको मापन हुने प्रचलन भइरहेको अवस्थामा भुटानले पनि मापनको यो नयाँ आइडिया विश्वसामु ल्यायो । यो रणनीतिमा समान आर्थिक विकास, वातावरण तथा सांस्कृतिक संरक्षण र असल शासनलाई भुटानले बढी जोड दियो ।

पर्यटनलाई यति धेरै नियमन गर्ने तर यसैबाट धेरै आम्दानी गर्न सक्ने विश्वको पहिलो देशका रुपमा भुटानलाई लिने गरिन्छ । यति कडाई गर्दा गर्दै पनि भुटानलाई पछिल्लो समय एउटा समस्या आइलागेको छ । खासगरी भारत, माल्दिभ्स र बङ्गलादेशका क्षेत्रीय पर्यटकको भुटान भ्रमण बढ्दै जानु उसका लागि एउटा चिन्ताको विषयजस्तै बनेको छ । सन् २०१२ मा ५३ हजार क्षेत्रीय पर्यटकले भुटान भ्रमण गरेकोमा यो सङ्ख्या सन् २०१५ मा करिब दोब्बर बनेपछि भुटान दोधारमा परेको छ ।

क्षेत्रीय पर्यटकलाई भिसाको आवश्यकता नपर्ने तथा दैनिक खर्चको नियम लागु नहुने भएकोले पनि भुटानका लागि यस्ता पर्यटकको सङ्ख्या बढ्नु त्यति सकारात्मक बन्न सकेको छैन । भुटान पछिल्लो समय यसबाट उत्पन्न समस्या समाधानको दिशामा अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्