Logo

बुक बिल्डिङमा ब्रेक थ्रू : सर्वोत्तम सिमेन्टले पायो ४०१ को कटअफ प्राईस

बुक बिल्डिङमा ब्रेक थ्रू : सर्वोत्तम सिमेन्टले पायो ४०१ को कटअफ प्राईस



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । लामो समयदेखि प्रतिक्षामा रहेको बुक बिल्डिङ प्रणालीलाई २९ असोजमा धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टले उक्त विधिमार्फत आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

बोर्डले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताई सार्वजनिक निष्काशन हुने येयरको ४० प्रतिशतले हुने २४ लाख कित्ता सेयर बुक बिल्डिङ विधिबाट निष्काशन गर्न स्वीकृति दिएको हो । कम्पनीको कटअफ सेयर मूल्य ४०१ रुपैयाँ रहेको छ भने आधार मूल्य ५०१ रहेको छ । आधार मूल्यको २० प्रतिशतसम्म तलमाथि विडिङ गर्न पाउने हुँदा कम्पनीको तल्लो सेयर मूल्य सीमा ४०१ र माथिल्लो सीमा ६०१ रुपैयाँ भित्र योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ बिधिबाट आईपीओ निष्काशन गर्न बोर्डले स्वीकृति दिएको हो ।

कम्पनीले शुरूमा योग्य संस्थागत लगानीकर्ताबाट लिएको आशय मूल्यका आधारमा आधार मूल्यमा २० प्रतिशत थप गरी हुने माथिल्लो सीमा ७५१ रुपैयाँ ५० पैसा र तल्लो सीमा ५०१ रुपैयाँ हुनेगरी बोर्डमा आवेदन दिएको थियो । तर, पछिल्लो समय कम्पनीले नै साेकाे आधार मूल्य नै घटाएर ५०१ ताेकेकाे थियाे । साेही अनुरूप संस्थागत लगानीकर्ताबाट निर्धारित कटअफ मूल्यमा बाेर्डले निष्काशन अनुमति दिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
MBL