Logo

सरकारले लागू गर्यो ‘क्लिन फिड नीति’, विदेशी च्यानलमा विज्ञापन प्रशारण गर्न रोक

सरकारले लागू गर्यो ‘क्लिन फिड नीति’, विदेशी च्यानलमा विज्ञापन प्रशारण गर्न रोक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले क्लिन फिड नीति पारित गरेसँगै नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले विज्ञापन प्रसारण गर्न नपाउने भएका छन् । आगामी दिनमा उक्त च्यानलहरुमा विज्ञापन प्रसारण गर्न बन्देज नै लाग्ने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले क्लिन फिड नीति लागू सहितको आम सञ्चार नीति पारित गरेपछि विदेशी च्यानलहरुमा विज्ञापन बजाउन बन्देज लागेको हो ।

स्वदेशी टीभी च्यानल र विज्ञापन एजेन्सीलाई प्रत्साहन गर्न नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन प्रसारणमा रोक लगाइएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सेरधन राइले बताए । उक्त नीति कार्यान्वयनमा आएसँगै विज्ञापन वापत नेपालबाट विदेशी मुद्रा वाहिरिन रोकिनुका साथै स्वदेशी विज्ञापन बजार बृद्धि गर्न सहयोग पुग्ने बताए ।

आम सञ्चार नीतिमा नेपालभित्र प्रसारणको अनुमति लिने विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित बनाउने (क्लीन फिड) नीति उल्लेख छ । साथै प्रसारण अनुमति लिइसकेकाको हकमा अबधि तोकेर विज्ञापन रहित प्रसारण गर्न लगाइने छ ।

सरकारले क्लिन फिड नीति लागू गरेर एकदमै राम्रो काम गरेको नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सन्तोष श्रेष्ठले बताए । ‘यस अघि खुला आकाशबाट ल्याएर विदेशी च्यानलले नेपालमा विज्ञापन प्रचारप्रसार गर्दै आएका थिए भने सोही मात्रमा नेपालबाट रकम विदेशी रहेको थियो,’ उनले भने, ‘उक्त नीति कार्यान्वयमा आएसँगै स्वदेशी च्यानलको व्यवसाय बृद्धि हुनुका साथै सरकारको राजस्व समेत बढ्ने छ ।’ उक्त नीति कार्यान्वयनमा आएपछि विदेशी च्यानलमा पूर्ण रुपमा विज्ञापन बज्न रोक्न लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL