Logo

मोवाइल नम्वर पोर्टाविलीटीका लागि सवै कम्पनी अयोग्य, तेस्रो चरणको आवेदन मागिदै

मोवाइल नम्वर पोर्टाविलीटीका लागि सवै कम्पनी अयोग्य, तेस्रो चरणको आवेदन मागिदै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं । मोवाइल नम्वर पोर्टाबिलीटी (एमएनपी) को कार्यविधि तयार तथा अध्ययनका लागि छानिएका सवै अयोग्य ठहरिएका छन् । अध्ययनका लागि पहिलो चरणमा ४ वटा कम्पनी छनौट भएकोमा हाल ती सवै अयोग्य भएको हो । यससँगै पुनः परामर्शदाता छनौटको प्रक्रिया शुरु गरेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘हामीले ४ ओटा कम्पनीको प्राविधिक र आर्थिक प्रस्ताव माग गरेकोमा २ ओटाले बुझाएका थिए,’ उनले भने ‘तर, ती दुवै कम्पनीको प्राविधिक प्रस्ताव अयोग्य देखियो ।’

प्राधिकरणले दोस्रो चरणमा भारतको अर्नस्ट एण्ड योंग एलएलपी, नेदरल्याण्ड्सको रविन कन्सल्टेन्सि विभी, स्पेनको निरियो कन्सल्टिङ एसएल स्पेन र वेलायतको लाउरेसिया एसोसिएट्स कम्युनिकेशनलाई प्रस्ताव पेस गर्न भनेको थियो ।

अर्यालका अनुसार कार्यविधि तयार गर्नका लागि पाँच कम्पनीले आवेदन दिएका दिए । जसमध्ये एउटा स्वदेशी कम्पनी थियो । तर स्वदेशी कम्पनी एमएनपीको कार्यविधि तयार गर्न अयोग्य भएको भन्दै छनौटमा समेत परेन । प्राधिकरणले छनौटमा परेका अन्य कम्पनीहरुलाई रिक्वेष्ट फर प्रपोजल (आरएफपी) पठाए पनि सवै अयोग्य ठहरिएका छन् ।

प्राधिकरणले यसअघि एमएनपी लागु गर्न राष्ट्रिय कम्पनीका लागि छुट्टै आवेदन खुलाएको थियो । १ दर्जन भन्दा बढी कम्पनीको आवेदन परेकोमा कुनै पनि योग्य नभए पछि विदेशी कम्पनीका लागि पुनः आवेदन खुलाएको थियो ।

उनका अनुसार दोश्रो चरणका कम्पनीहरु पनि अयोग्य भएपछि नयाँ परामर्शदाता छनौटको प्रक्रिया शुरु गरिएको हो । जसले गर्दा एमएनपीको प्रक्रिया लम्विएको छ । अव छिटै नै अन्तरराष्ट्रिय परामर्शदाता मध्येबाट उत्कृष्ट छान्ने र परामर्शदाता नियुक्त गरेको ६ महिना भित्रै गाइडलाइन तयार गरिने उनले जानकारी दिए । साथैं , त्यसलगत्तै कार्यान्वयनको चरणमा जान छलफल शुरु गरिने उनको भनाइ छ ।

एमएनपीको गाइडलाइनमा विशेषगरी नम्बर कसरी बनाउने, नेटवर्क कसरी गर्ने, सेवा प्रदायकको पूर्वाधार कस्तो हुनेलगायत विषय समावेश गरिने छ । एमएनपी लागु गरेपछी सेवाप्रदायकबीच सुविधा बढाउन प्रतिस्पर्धा हुने भएकोले त्यसको फाइदा उपभोक्ताले पाउने अर्यालले बताए ।

पछिल्लो समय मोबाइल सेवा प्रदायकका साथै सेवाग्राहीको संख्या बार्षिक रुपमा बढ्दै  गएपछि त्यसको उचित व्यवस्थानपनका लागि नयाँ व्यवस्था गर्न लागिएको हो । प्राधिकरणले शुरुमा जिएसएम सेवाका लागि एमएनपी लागू गराउने भएको छ । ‘पहिलो चरणमा जीएसएम र त्यसपछि अन्य सेवामा यो लागू गर्ने योजना रहेको छ,’ उनले भने ।

मोवाइल नम्वर पोर्टाविलीटीमा सेवाग्राहीले प्रयोग गरिरहेको कम्पनीको नेटवर्क मन नपरेको अवस्थामा सोही नम्वरको अर्को प्रदायकको सेवा लिन सक्छन् । आफुले प्रयोग गरेको प्रदायकको मूल्य वा गुणस्तर कमजोर भएमा सहज रुपमा अर्को कम्पनीको सेवा लिन पाउँछन् ।

त्यस्तै कुनै ठाउँमा आफुले सेवा लिएको दूरसञ्चार कम्पनीको सेवा उपलब्ध छैन भने पनि उपभोक्तालाई समस्या पर्दैन किनकि उनीहरुले आफ्नै मोबाइल नम्बरमा त्यहाँ उपलब्ध नेटवर्कमार्पmत सेवा लिन सक्नेछन्  ।

नेपालमा मोवाइल पोर्टाविलिटीको चर्चा विगत २ बर्षदेखि भएपनि विभिन्न प्राविधिक कारणले सञ्चालनमा आउन सकेको छैन । मोवाइल सेवा प्रदायकहरुको ग्राहकको संख्या सन्तुलित नहुँदा एमएनपी सञ्चालनमा आउन नसकेको हो । हाल विश्वका ७५ भन्दा बढी मुलुकमा यो सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्