Logo

काठमाडौं केन्द्रित होटल व्यवसाय, अधिकांशमा वैदेशिक लगानी

काठमाडौं केन्द्रित होटल व्यवसाय, अधिकांशमा वैदेशिक लगानी


रक्षा रेग्मी
27
Shares

काठमाडौं । पछिल्लो समय विदेशी लगानीकर्ता नेपालमा होटल तथा रेष्टुराँ सञ्चालनमा आकर्षित भएको देखिन्छन् । चालु आर्थिक बर्षको जेठसम्म उद्योग विभागमा दर्ता भएका होटल तथा रेष्टुराँको तथ्यांकले यस्तो देखाएको हो । यस क्षेत्रमा लगानी गर्न सहज भएकोले पनि विदेशी लगानीकर्ता आकर्षित भएको उद्योग विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए ।

‘होटल रेष्टुराँ सानो लगानीमा पनि सञ्चालन गर्न सक्नुका साथै भौतिक पूर्वाधार त्यती आवश्यक नहुने भएकोले यसमा लगानी बढेको हो’ उनले भने । त्यस्तै कतिपय उत्पादनमुलक उद्योगहरुमा विदेशी लगान्ी समेत प्रतिबन्ध भएकोले सहज उद्योगको रुपमा होटल रेष्टुराँ रोजेको बताइएको छ ।

विभागका अनुसार चालु आर्थिक बर्षमा उद्योग ९१ ओटा होटल तथा रेष्टुराँ सञ्चालनको स्वीकृति लिएका छन् । सञ्चालनको स्वीकृति लिनेमध्ये अधिकांश होटल विदेशी लगानीका रहेको छ । विभागका अनुसार चालु आवमा दर्ता भएकामध्ये ७६ ओटा होटल तथा रेष्टुराँ विदेशी लगानीका छन् । त्यस्तै विदेशी लगानीमा पनि सवैभन्दा बढी चीनीयाँ लगानीकर्ता रहेको बताइएको छ ।

चालु आवमा दर्ता भएकामध्ये २ ओटा स्वदेशी तथा विदेशी लगानीका छन् । अन्य १३ ओटा होटल तथा रेष्टुराँस्वदेशी लगानीका रहेको बताइएको छ । जसमध्ये अधिकांश होटल तथा रेष्टुराँ काठमाडौं उपत्यकामा केन्द्रित छन् । दर्ता भएकामध्ये ६० ओटा होटल तथा रेष्टुराँ काठमाडौंमा सञ्चालन गरिने भएको छ । त्यस्तै १४ ओटा ललितपुरमा सञ्चालन गरिने छ । अन्यले कास्की, चितवन तथा बैतडीलगायत जिल्लामा सञ्चालन गर्ने गरि स्वीकृति लिएका छन् ।

त्यस्तै दर्ता भएकामध्ये ८ ओटा ठूला लगानीका होटल रहेको लुइँटेलले जानकारी दिए । ठूला लगानीका होटलहरुमा होटल ह्वाइट हाउस रिजेन्सी प्राली, सिजी होटल्स एण्ड रिसोर्टस प्रालि, सिजी होटल्स एण्ड रिसोर्टस प्रालि शाखा, टाइगर भिलेज होटल प्रालि, टाइगर फरेष्ट होटल प्रालिलगायत छन् ।

जसमध्ये होटल ह्वाइट हाउस रिजेन्सी प्राली बाँकेमा स्थापना गर्ने उद्देश्यका साथ विभागमा दर्ता भएको छ । भरतविलास पराजुलीको लगानीमा दर्ता भएको होटलमा ४९ वेड संख्या र १ सय रेष्टुराँ सञ्चालन गरिने बताइएको छ । साथै सो होटलले १ सय ४९ कर्मचारीलाई रोजगारी दिने छ । त्यस्तै शिला चौधरी लगानीकर्ता रहेको ललितपुर ठेगाना रहेको सिजी होटल्स एण्ड रिसोर्टस प्रालि ३ सय बेड र ३ सय सिटको रेष्टुराँको क्षमता छ । सो होटलले २ सय १० जनालाई रोजगारी दिने छ ।

सिजी होटल्स एण्ड रिसोर्टस प्रालि शाखा काठमाडौं १ सय ८० ओटा बेड, १ सय ८० रेष्टुरेन्टको सिटको छ । जुन १ सय १ सय जना कर्मचारीलाई रोजगारी दिने उद्देश्यका साथ दर्ता भएको छ । टाइगर भिलेज होटल प्रालि रुपन्देही १ सय २० बेड संख्या ४८ सिटको रेष्टुँरा सहित सञ्चालनमा आउने तयारी गरेको छ । यसले १ सय ४९ जनालाई रोजगारी दिने छ ।
त्यस्तै रुपन्देहीमा टाइगर फरेष्ट होटल प्रालि २ सय ५० बेड र ८८ ओटा सिटको रेष्टुराँ छ । यसमा शतप्रतिशत नेपाली लगानी छ । सो होटलबाट २ हजार ८ सय ५८ जनाले रोजगारी पाउने छन् ।
चालु आवमा दर्ता भएकामध्ये ५ ओटा मध्यम स्तर र ६९ ओटा साना स्केलका होटल रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL