Logo

नेपाल भारतबीच क्रसबोर्डर भुक्तानी सेवा सुरु, अब भारतबाट नेपालमा पैसा पठाउन क्यूआर स्क्यान गरे हुने

नेपाल भारतबीच क्रसबोर्डर भुक्तानी सेवा सुरु, अब भारतबाट नेपालमा पैसा पठाउन क्यूआर स्क्यान गरे हुने



काठमाडौं । अब नेपाल र भारतबीच अन्तरदेशीय क्यूआर भुक्तानी सेवा गर्न सकिने भएको छ । नेपालको फोन पे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच अन्तरदेशीय क्यूआर भुक्तानीका लागि सम्झौता भएसँगै अब क्रसबोर्डर भुक्तानी पनि सुरु भएको हो ।

भारतको मुम्बईमा आयोजित ग्लोबल फिनटेक फेस्ट कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, फोन पेका अध्यक्ष विश्वास ढकालसहित एनपीसीआईका अधिकारीहरूले नेपाल र भारतबीच पहिलो क्रसबोर्डर क्यूआर भुक्तानीको औपचारिक शुरुवात गरेका हुन् ।

अब भारतीयहरू नेपाल आउँदा फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । नेपालीले भारतमा भुक्तानी गर्नका लागि भने राष्ट्र बैंकको निर्देशिका कुर्नुपर्ने भएको छ । राष्ट्र बैंकले केही समयभित्रै क्रसबोर्डर क्यूआर कारोबारसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको बताईएको छ ।

अब भारतका पेटीएम, गुगल पे, फोन पे र मोबाइल बैंकिङ एप नेपालमा आएर फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाइनेछ । नेपाल र भारतका लाखौँ नागरिक एकअर्का देशमा आउजाउ गर्दा नगद बोक्नुपर्ने झन्झटमा थिए । तर अब भने त्यो झन्झटको अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL