Logo

नबिल बैंकको १२ वर्षे लाभांश इतिहास : लगानीकर्ताले पाए औसत ४० प्रतिशत, यो वर्ष कति पाउँछन् ?

नबिल बैंकको १२ वर्षे लाभांश इतिहास : लगानीकर्ताले पाए औसत ४० प्रतिशत, यो वर्ष कति पाउँछन् ?



काठमाडौं । नबिल बैंक वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंकका रुपमा रहँदै आएको छ । बैंकले १२ वर्षको अवधिमा आफ्नो चुक्ता पुँजीको ४० प्रतिशत हिस्सा लाभांश वितरण गरेको छ । हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश नबिलले वितरण गरेको छ ।

नबिलले लाभांशका रुपमा लगानीकर्तालाई सबैभन्दा धेरै बोनस सेयर वितरण गरेको छ । बैंकले १२ वर्षको अवधिमा २२ प्रतिशत बोनस सेयर वितरण गरेको छ भने २१ प्रतिशत नगद लाभांश वितरण गरेको छ । सेयर बजारमा दीर्घकालीन लगानी गर्ने लगानीकर्ताले कुन कम्पनीले सबैभन्दा धेरै लाभांश दिन्छ भन्ने विश्लेषण गरेर कम्पनी छनोट गरेर लगानी गर्ने गर्दछन् । लाभांशको विरणमा अब्बल बैंकका रुपमा रहेकाले लगानीकर्ताले नबिल बैंकलाई रोज्ने गरेका छन् । अझ बोनस सेयर धेरै वितरण गर्ने भएकाले पनि नबिल धेरै लगानीकर्ताको रोजाइमा पर्ने गरेको छ ।

अहिले सबै सूचकमा उत्कृष्ट बैंकको पहिचान बनाएको नबिल बैंकले गत आर्थिक वर्ष २०७९–०८० को नाफाबाट कति लाभांश वितरण गर्ला भन्ने चासो लगानकिर्तामा छ । बैंकले हालसम्म लाभांश घोषणा गरिसकेको छैन । पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएको समस्याले बैंकहरुको लाभांश वितरण क्षमतामा पनि केहि कमी आएको छ । यस्तोमा नबिल बैंकको पनि गत आर्थिक वर्षको नाफाबाट बैंकको लाभांश वितरण गर्ने क्षमता अघिल्लो आर्थिक वर्षको तुलनामा भने केहि खस्किएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको नाफाबाट नबिले १४.६४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको देखाउँछ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ बराबर रहेको छ ।

कुन वर्ष कत्ति लाभांस वितरण गर्योे ?

नबिल बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०१२–१३ र २०१३–०१४ बाँडेको थियो । यी दुई वर्ष बैंकले ६५ प्रतिशत लाभांश बाँडेको छ । यसैगरी, आर्थिक वर्ष २०११–१२ मा बैंकले ६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस पछिका वर्षमा भने बैंकको लाभांश क्रमशः घट्दै गएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ३० प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले हालसम्म सबैभन्दा थोरै ३० प्रतिशत र सबैभन्दा धेरै ६५ प्रतिशत लाभांश वितरण गरेको छ ।

बाँकी वर्षको लाभांश (सूचीमा)

प्रतिक्रिया दिनुहोस्
MBL