Logo

सडक र रेलबाट यसरी बन्दैछ चीन विश्वकै आर्थिक शक्ति

सडक र रेलबाट यसरी बन्दैछ चीन विश्वकै आर्थिक शक्ति


बिजखबर संवाददाता
0
Shares

विश्वव्यापी व्यवस्थापनसँग सम्बन्धित म्याककिन्से एण्ड कम्पनीले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन भन्छ – उत्तर अमेरिका र पश्चिमी युरोपले बार्षिक रुपमा पूर्वाधारमा गर्ने कुल लगानीभन्दा चीन एक्लैको लगानी त्योभन्दा बढी छ । हुन पनि चीनले पछिल्लो समय आफ्ना सडक, रेल र बन्दरगाहजस्ता पूर्वाधार निर्माणमा केन्द्रित गरेको विकास रणनीतिले उसको समाजलाई निरन्तर अघि बढाइरहेको छ ।

अर्कोतिर यसले आगामी दशकमा विश्वव्यापी अर्थतन्त्रको प्रारुपको सङ्केत समेत गरेको छ । सारा विश्वले सन् २००९ मा व्यहोरेको आर्थिक सङ्कटलाई समेत छिचोल्दै चीन पछिल्ला दिनमा यसरी नै पूर्वाधार निर्माणमा केन्द्रित छ ।

सन् १९९२ देखि २०१३ को बीचमा चीनले आफ्नो कुल गार्हस्थ्य उत्पादन(जीडीपी)को ८ दशमलव ६ प्रतिशत सडक, रेलमार्ग विमानस्थल, सामुद्रिक बन्दरगाह र यस्तै विकास परियोजनामा खर्च गरेको थियो, जसले त्यहाँका जनता र बस्तु तथा सेवालाई गति दियो भने अर्थतन्त्रलाई झन् बलियो बनायो । यसैको तुलनामा पश्चिमी युरोप र अमेरिका तथा क्यानडाले सोही अवधिमा जीडीपीको २ दशमलव ५ प्रतिशत हिस्सा पूर्वाधारमा खर्चेका थिए । सोही अध्ययन अनुसार युरोप र उत्तर अमेरिकाका पूर्वाधार अब पुराना भइसकेका छन् ।

यसलाई प्रतिस्थापन सहित झन् राम्रो र सुरक्षित बनाउन निकै धेरै लगानी आवश्यक पर्छ । धेरै लगानीको अर्थ वातावरणीय रुपमा दीगोपन, धेरै रोजगारी र नयाँ प्रविधिलाई प्रवद्र्धन गर्ने सोंच भन्ने समेत बताउँछ ।

अमेरिकाको यातायात विभागको अघिल्लो बर्षको तथ्याङ्क अनुसार त्यहाँका ६१ हजारभन्दा धेरै पुल संरचनागत रुपमा काम नलाग्ने भइसकेका छन् । सन् २०१४ मा अमेरिकी उपराष्ट्रपति जो बिडेनले न्यूयोर्कको लागार्डिया विमानस्थलको अवस्थालाई सङ्केत गर्दै ‘तेस्रो विश्व’जस्तै भनेका थिए । सन् २०१३ मै संयुक्त अधिराज्य सरकारले एक सय पाउण्ड पूर्वाधारमा लगानीको योजना बनाएको थियो तर यो अहिले इतिहासजस्तै भइसकेको छ ।

विश्वको अर्थतन्त्रलाई अब यदी गति दिने हो भने थप १५ बर्षसम्म ३.३ ट्रिलियन डलर पूर्वाधारमै खर्च हुनुपर्ने सो अध्ययनको सुझाव छ । चीन, पूर्वी युरोप, ल्याटिन अमेरिका र मध्यपूर्वी देशमा विश्वको पूर्वाधारको लगानीको ६० प्रतिशत लगानी अबका दिनमा आवश्यक पर्ने अध्ययनको थप सुझाव छ ।

चीनले बर्षेनी जीडीपीको एउटा अंश पूर्वाधारको लगानीमा बढाइरहनुपर्ने तर्क म्याककिन्सेको यो अध्ययनमा काम गरेका जान मिस्च्केको छ । फेरी उनकै भनाई छ कि अमेरिका र युरोपलाई त्यति लगानी गर्नुपर्दैन । किनकी त्यहाँ पहिले नै धेरै पूर्वाधार खडा भइसकेका छन् । त्यसो भए समस्या के हो त ? ‘खासमा चीनले आवश्कयतालभन्दा बढी लगानी गरिसकेको छ ’ मिस्च्के भन्छन् ‘तर अमेरिकाको लगानी भने आवश्यकताभन्दा कम छ ’।

भविष्यका लागि भने चीनले अलि सचेत भएर लगानीगर्नुपर्ने उनको भनाइ छ । अध्ययन अनुसन्धान जस्ता उत्पादनशिल क्षेत्रमा चीनले लगानी बढाएर खर्चलाई अलि प्रभावकारी बनाउनुपर्ने आवश्यकता देख्छन् उनी ।

संयोग त के छ भने विश्वकै सबैभन्दा दु्रतगतिको मानिने ‘मेग्लिभ टे«न’को लागि चीन विश्वकै घर मानिन्छ । विश्वका अरु शक्तिशाली देशले यो प्रविधि अझै पनि सपना मानिरहेका बेला चीनले सन् २००४ मै चार सय ३० किलोमिटर प्रतिघण्टा रफ्तारमा कुद्ने यो रेल आफ्नो लिकमा कुदाइसक्यो ।

चीन अहिले सडक पूर्वाधारको व्यवसायमा बढी केन्द्रित देखिन्छ । गतबर्षमात्रै ब्राजिलसँग ३२ अर्ब पाउण्ड र बेलायतसँग ५ अर्ब २० करोड पाउण्डको पूर्वाधार संरचना निर्माणमा उसले व्यावसायिक सम्झौता गरिसकेको छ ।
(बीबीसीबाट साभार)

प्रतिक्रिया दिनुहोस्