Logo

डा. खतिवडाले भने-‘राष्ट्र बैंकको माइक्रो म्यानेजमेन्टले सेयर बजारमा समस्या, ४/१२ को लगाम लगाएर बस्ने होइन, धितोपत्र बोर्डलाई छाडिदिनुपर्छ’

डा. खतिवडाले भने-‘राष्ट्र बैंकको माइक्रो म्यानेजमेन्टले सेयर बजारमा समस्या, ४/१२ को लगाम लगाएर बस्ने होइन, धितोपत्र बोर्डलाई छाडिदिनुपर्छ’



काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले सेयर बजारको विषयमा माईक्रो म्याजमेन्ट गर्न खोज्दा समस्या निम्तिएको बताए । ‘राष्ट्र बैंकले सेयर ४ करोड वा १२ करोड रुपैयाँ दिने वा त्यस्ता कर्जामा कति जोखिम भार लगाउने भनेर नियम बनाउने होइन,’ उद्याग तथा व्यवसायी महासंघको प्रशिक्षण कार्यक्रममा उनले भने, ‘राष्ट्र बैंकले सेयर धितो कर्जामा कुल कर्जा प्रवाहको कति प्रतिशत दिने हो त्यसको सीमा तोक्ने हो त्यसलाई कसरी दिने भन्ने विषय धितोपत्र बोर्डलाई छाडिदिनुपर्छ ।’

सेयर बजार राष्ट्र बैंकको टाउको दुखाईको विषय हुन नहुने समेत उनले बताए । ‘सेयर बजारलाई कसरी राम्रो बनाउने, कसरी सेयर धितो कर्जा दिने भन्ने विषय धितोपत्र बोर्डको टाउको दुखाईको विषय हो,’ उनले भने, ‘तर अहिले राष्ट्र बैंकले ४/१२ को नीति लिएर लगानीकर्तालाई हतोत्साहित बनाउनुका साथै समग्र बजारलाई असर पार्ने काम गर्यो ।’ साथै अहिलेको अवस्थामा राष्ट्र बैंक रियाक्टिभ नभई प्रो–एक्टिभ हुनुपर्ने उनको भनाई थियो ।

हिजो नेकपा एमाले नै सरकारमा हुँदा नियुक्त भएका कतिपय व्यक्तिहरुले व्यवसायीक सिद्धान्तभन्दा बाहिर गएर काम गरेको भन्दै त्यस्ता व्यक्तिलाई पार्टीले बोलाएर सोध्नुपर्ने उनले बताए । ‘अहिले एमालेले नियुक्ती गरेका कारण उनीहरुले गल्ती गर्दा त्यसको आरोप हामीले भोगिरहेका छौं तर एमालेले भनेको कुनै पनि सुधारका काम भैराखेका छैनन्,’ उनले भने, ‘यो समग्र वित्तीय प्रणालीमा भैरहेको छ कुनै एउटाको मात्रै विषय होइन, सीमित व्यसायीक घरनालाई जथाभावी रुपमा समग्र वित्तीय क्षेत्रको लाईसेन्स बाडिरहँदा हामी रमिते भएर बसिरहने हो र ?’

अहिले पहुँचवालाले आधारदरभन्दा कममा कर्जा लिने र पहुँच नहुनेले उच्चतम प्रिमिय तिर्दा पनि कर्जा नपाउने अवस्था रहेको भन्दै त्यसतर्फ सोच्नुपर्ने अवस्था आएको उनले बताए । ‘कतिपयले बेसरेटभन्दा तलको व्याजमा समेत कर्जा पाएका छन् भन्ने मैले सुनेको छु,’ कार्यक्रममा उनले भने, ‘अहिले राष्ट्र बैंकले कतिपयमा आधारदरमा २ प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनु भनेको छ त्यस्ता क्षेत्रमा कर्जा नै दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL