Logo

अघिल्लो बर्षको तुलनामा साढे १ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सेवा समुहको मूल्यवृद्धि उच्च

अघिल्लो बर्षको तुलनामा साढे १ प्रतिशतले बढ्यो मूल्यवृद्धि, सेवा समुहको मूल्यवृद्धि उच्च



काठमाडौं । गत आर्थिक बर्ष २०७९/८० मा नेपालको बार्षिक मूल्यवृद्धिदर ७.७४ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन अनुसार असार मसान्तसम्म नेपालको मुद्रास्फीति ७.७४ प्रतिशत पुगेको हो । यो अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा १.४२ प्रतिशतले बढी हो ।

यसअघि अघिल्लो आर्थिक बर्षमा यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ८.६५ प्रतिशत रहेको छ ।
२०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्