Logo

रेटिङ नै नभएको घोराही सिमेन्टमा पहिलो दिनमै नेगेटिभ सर्किट, कम्पनीप्रति विश्वास नभएपछि उच्च बिक्री चाप

रेटिङ नै नभएको घोराही सिमेन्टमा पहिलो दिनमै नेगेटिभ सर्किट, कम्पनीप्रति विश्वास नभएपछि उच्च बिक्री चाप



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा कारोबारमा आएको पहिलो दिनमै घोरोही सिमेन्टमा नकारात्मक सर्किट लागेको छ । प्रिमियममा सेयर जारी गर्दा ठूलो विवाद भएको र सोही अनुरुप कम्पनीप्रति विश्वास नभएपछि लगानीकर्ताहरुले दोस्रो बजारमा कारोबार भएको पहिलो दिनमै सेलिङ प्रेसर ल्याएका छन् ।

सम्भवतः नेपालको सेयर बजारको इतिहासमै आईपीओमार्फत जारी भएको सेयरमध्ये पहिलो दिनमै ६.७ प्रतिशत अर्थात ४ लाख ४६ हजार कित्ता सेयर कारोबार भएको छ । सो कम्पनीले स्थानीयबासी, वैदेशिक रोजगारीमा गएका कामदार, म्युचुअल फण्ड र सर्वसाधारण गरी कुल ७९ लाख ४३ हजार कित्ता सेयर जारी गरेको थियो । सो मध्ये स्थानीयवासी र कर्मचारीलाई जारी गरेको सेयर तत्काल बिक्री गर्न मिल्ने छैन ।

प्रिमियम मुल्यमा बेचिएको उक्त सेयरमा नियामक निकायले गैरकानूनी तरिकाले सहमति दिएको भन्दै ठूलो विवाद भएको थियो भने सो कम्पनी सम्बद्ध कतिपय व्यक्तिले उक्त कम्पनीको आईपीओमा आकर्षक देखाउन खातामा पैसा नै नभई १० लाख कित्ता आवेदन माग गरेका थिए । हाल सो विषयमा केन्द्रिय अनुसन्धान व्यूरोले छानविन गरिरहेको छ । घोराहीले ३ सय ३५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ४ सय ३५ रुपैयाँमा सर्वसाधारणलाई सेयर बिक्री गरेको थियो ।

यसैगरी एउटै व्यक्तिको लगानीकर्ता रहेको कम्पनीमा क्रेडिट रेटिङ गरेको भन्दै धितोपत्र बोर्डले घोराहीको रेटिङ गर्ने केयर रेटिङ माथि कारबाही प्रक्रिया अघि बढाएको थियो । तर अहिले उक्त कारबाहीबाट बच्नकै लागि केयर रेटिङले घोराहीबाट हात झिकेको छ । सोही अनुरुप अहिलेको अवस्थामा घोराही सिमेन्ट रेटिङ नै नभएको कम्पनी हो ।

कम्पनीको क्रेडिट रेटिङ समेत नभएको र प्रिमियममार्फत आईपीओ जारी गर्दा नै शंकास्पद क्रियाकपाल भएपछि सेयर कारोबार खुलेकै दिन लगानीकर्ताले आफुसँग भएको सबै सेयर बिक्री गरेर बाहिरिन लगोको एक लगानीकर्ताले जानकारी दिए ।

‘सम्भवत नेपालको सेयर बजारको इतिहासमा कुल फ्लोड सेयरको साढे ५ प्रतिशतभन्दा बढी सेयर नेगेटिभ सर्किट लगाएर वेचेका छन्,’ ती लगानीकर्ताले भने, ‘यो भनेको लगानीकर्ताको कम्पनीप्रतिको विश्वास टुट्नु हो भने यसले ठूलो रकम प्रिमियम जोडेर सेयर बिक्री गर्न अनुमति दिने धितोपत्र बोर्ड माथि पनि प्रश्न खडा गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL