Logo

यसरी रह्यो नेपालीको मुद्राको नाम रुपैयाँ, डलर र पाउण्डको यस्तो छ कथा

यसरी रह्यो नेपालीको मुद्राको नाम रुपैयाँ, डलर र पाउण्डको यस्तो छ कथा


बिजखबर संवाददाता
27
Shares

हरेक देशले आफूले प्रचलनमा ल्याउने मुद्रालाई निश्चित नाम दिएको हुन्छ । फरक फरक देशबीच मुद्राको नाम फरक हुनुमा त्यहाँको संस्कृति र भाषाको विशेष भुमिका रहन्छ । अक्सफोर्ड डिक्सनरीले आफ्नो ब्लग अक्सफोर्डवर्ड्समा विश्वकायी विभिन्न मुद्राको नाम पछाडीको अर्थ खोजेको छ । कुनै मुद्राको नाम त्यहिं राखिनुमा अक्सफोर्डवर्ड्सले रोचकविषय अघि सारेको छ ।

रुपैयाँ
नेपालसहित रुपैयाँ जस्तै सुनिने गरी अन्य देशको मुद्राको नाम राखिएको छ । भारत र पाकिस्तानको रुपी, इण्डोनेशियाको रुपिहपनि यसैसँग मेल खान्छ । संस्कृत शब्दको ‘रुप्या’बाट यीमुद्राको नाम साभार भएको हो, जसको अर्थ हुन्छ प्रयोगकालागि योग्यचाँदी ।

डलर

विश्वभर निकै चर्चित मुद्राहो डलर । अमेरिका, अष्ट्रेलिया, क्यानडा, फिजी, सिङ्गापुर, न्युजिल्याण्डजस्ता देशले आफ्नो मुद्राको नाम डलर राखेका छन् । अक्सफोर्डवर्ड्सका अनुसार जर्मनको जोअचिम उपत्यका जहाँ रहेको खानीबाट एक पटक चाँदीसमेत निकालिएको थियो, त्यसलाई ‘जोअचिम्स्थल’भनेर चिनिन्थ्यो । सो खानीबाट बनाइएको सिक्कालाई ‘जोअचिम्स्थलर’ भनियो । यहिं शब्दको अन्त्यमा रहेको ‘थलर’ भन्ने शब्दनै कालान्तरमा डलर बनेको हो ।

पाउण्ड
संयुक्त अधिराज्यसहित विभिन्न देशमा पाउण्डको प्रयोग हुन्छ । इजिप्ट, सुडान, सिरिया, लेबनानमा पनि यहिं मुद्रा प्रचलनमा छ । पाउण्ड शब्द ल्याटिन भाषाको पाउण्डस’ बाट आएको हो, जसको अर्थ हुन्छ तौल ।

रियाल

रियाल नेपाली बीच परिचित मुद्रा हो । वैदेशिक रोजगारीका लागि खाडी मुलुकजाने नेपालीले यहिं रियाल साटेर नेपालमा रेमिट्यान्स पठाउँछन् । ओमन, इरान, कतार, साउदी अरब, यमनमाप्रयोग हुने मुद्रा रियाल हो । स्पेनले पनि युरो प्रयोग गर्नु अघि आफ्नो मुद्राको नाम रियाल्स दिएकाथियो । ल्याटिन शब्द ‘रिगालिस’जसको ‘रोयल’भन्ने अर्थ लाग्छ, त्यहिंबाट रियाल शब्द उत्पन्नभएको हो ।

युआन, येन, ओन

चीनमा प्रयोग हुने युआन, जापानमा प्रयोग हुने येन र दक्षिण कोरियामा प्रयोग हुने मुद्राओन एक आपसमा उस्तै सुनिन्छ । यी सबै मुद्रा एउटा चिनीया पात्रबाट साभार भएको हो जसको अर्थ हुन्छ गोलो अथवा गोलो सिक्का ।

क्राउन

अधिकांश स्केन्डिनाभियनमा प्रयोग हुने मुद्रा ल्याटिन भाषाको ‘कोरोना’बाट वियुत्पत्ति भएको हो, जसको अर्थ हुन्छ ‘क्राउन’अर्थात श्रीपेच । स्विेडनको क्रोनर, डेनमार्ककको क्रोने, आइसल्याण्डको क्रोना, चेक गणतन्त्रको कोरुना सबै यसैबाट आएको हो ।

दिनार
प्राचिन रोममा प्रयोग हुने चाँदीको सिक्का, जसलाई ल्याटिन भाषामा ‘दिनारियस’ भनिन्छ, यसै शब्दबाट दिनार मुद्राको नाम राखिएको हो । कुवेत, जोर्डन, अल्जेरिया, सर्बिया जस्ता देशमादिनारको प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्