Logo

राजस्व विभागको निर्देशन–अन्तःशुल्क टिकटमा पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नु (सूचनासहित)

राजस्व विभागको निर्देशन–अन्तःशुल्क टिकटमा पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नु (सूचनासहित)



काठमाडौँ । आन्तरिक राजश्व विभागले आगामी असोज १ गतेदेखि लागू हुने गरी अन्तःशुल्क नियमावली संशोधन गरेको छ ।

नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८० साल असोज एक गतेदेखि पैठारी गर्ने इजाजतपत्रवालले समेत पैठारी गरेको मदिराको बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लास्टिक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ ।

आगामी असोज एक गतेपछि उक्त कानुनी व्यवस्थाको पालना नभए प्रचलित कानुन बमोजिम कारबाही हुने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL