Logo

आईपीओ जारी गर्दै १ अर्बको श्रीनगर एग्रिटेक : ५ हजार कृषकलाई रोजगारी, वार्षिक अर्बको कारोबार,

आईपीओ जारी गर्दै १ अर्बको श्रीनगर एग्रिटेक : ५ हजार कृषकलाई रोजगारी, वार्षिक अर्बको कारोबार,



काठमाडौँ । श्रीनगर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ । फार्म र फिडमा सफल श्रीनगर एग्रो सर्वसाधारणलाई सेयर जारी गर्नका लागि केही समयअघि मात्रै पब्लिक कम्पनीमा रुपान्तरण भएको हो ।

कम्पनीको लगानी विस्तार तथा थप परियोजनासहित पब्लिक कम्पनीमा रूपान्तरण गरिएको कम्पनीका अध्यक्ष सतिसचन्द्र श्रेष्ठले जानकारी दिए । ‘वार्षिक एक अर्ब रुपैयाँ बराबरको कारोबार गरिरहेको श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले अबको एक वर्ष भित्र साधारण सेयर (आईपीओ) मा जाने योजनासहित अगाडि बढिरहेको छ,’ उनले भने, ‘हाल श्रीनगरसँग ५ हजार बढी कृषक, व्यवसायी तथा उद्ममी आवद्ध रहेका छन्, आईपीओमा गएपछि यसलाई थप विस्तार गरिनेछ ।’

कम्पनीले आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग सम्झौता गरिसकेको छ । बालाजुको एउटा कुखुरा फार्मबाट सुरू भएको श्रीनगरले लुम्बिनी प्रदेश केन्द्रीत भएर नेपालभर आफ्ना उत्पादन तथा सेवा विस्तार गरिरहेको छ ।

बैंकिङ क्षेत्रमा स्थापित श्रेष्ठले पोल्ट्री व्यवसायबाट कृषिमा प्रवेश गरेका थिए । दुई चार हजार कुखुरा पालेर सुरु गरेको पोल्ट्री फार्मबाट सुरु भएको श्रीनगरको यात्रा हाल ५ हजार कृषकको रोजिरोटीसँग जोडिएको छ । फार्म (पशुपालन) र फिड (दाना) जन्य उत्पादनमा विश्वासिलो ब्राण्ड बनिसकेको श्रीनगरको अवको योजना खाद्यान्नमा आक्रामक लगानी विस्तार गर्ने रहेको छ ।

‘वार्षिक १०० करोडभन्दा माथिको कारोबारसँगै सरोकारवालाको करोडौँको विश्वास हामीले कमाएका छौँ,’ उनले भने, ‘हाम्रो मुख्य उत्पादन गुणस्तरीय चल्ला, दाना तथा अण्डा, कुखुराहरू किसान तथा उपभोक्ताको रोजाइमा छन ।’ काठमाडौँको जेम्स पोल्ट्रीबाट सुरु गरेको श्रेष्ठको कृषि यात्रा हाल देशभर फलैएिको छ । हाल श्रीनगरले पश्चिम नेपालमा पोल्ट्री क्षेत्रको छुट्टै ब्राण्डका रूपमा जनविश्वास पाएका छ ।

नेपाली सयर बजारमा बैंक तथा वित्तीय क्षेत्र, हाइड्रो, बीमा लगायतका क्षेत्रले अधपत्य जनाइरहँदा कृषि कम्पनीको प्रवेश गराउन थालेका श्रेष्ठले लगानीकर्ताको आकर्षण र सेयर बजारमा जनताले देखाएको बढ्दो चासोका कारण सफल हुने उनको विश्वास छ । ‘हामीले प्रालि हुँदा पनि राम्रो कमाइ गरिरहेका थियौ तर पब्लिकमा गएपछि थप योजना र लगानीले अझै बढी आम्दानी बढ्ने भएकाले लगानीकर्तालाई अन्य कम्पनीले भन्दा बढी प्रतिफल दिन सक्छ,’ उनले भने, ‘कृषि कर्मले कम्पनी वा संस्था वा कृषकलाई मात्र फाइदा हुँदैन, यसले त आम उपभोक्तालाई पनि उत्तिकै फाइदा दिन्छ ।’ साथै आयातमुखी अर्थतन्त्रका कारण मुलुक आर्थिक संकटमा फस्दै गएको सन्दर्भमा उत्पादनमा आधारित उद्योगहरूले नै अबका दिनमा उपभोक्ता, लगानीकर्ता र कृषकलाई लाभ दिने हो उनको भनाइ छ ।

फार्म र फिडमा सफल, फुडमा अघि बढ्दै

श्रीनगरले हाल फार्म (चल्ला, कुखुरा र अण्डा) र फिड (दाना) उद्योगमा सफल मानिन्छ । कतिपय अवस्थामा मागअनुसार उत्पादन पुर्याउन पनि धौधौ पर्ने गरेको कम्पनीको अनुभव छ । श्रीगर एग्रो नेपालको पहिलो आइएसओ ९००१ः२०१५ सर्टिफिकेट प्राप्त इन्टिग्रेटेड एग्री बिजनेस फर्म हो ।

अब फुड (खाद्य) मा पनि अगाडि बढ्ने गरी यो वर्षको योजना आगाडि बढाइएको हो । थप उद्यम विस्तार र व्यापार बढाउन लगानी पनि ठुलो आवश्यकता पर्ने भएकाले हामी लिमिटेड कम्पनीमा जाने निर्णय गरेका श्रेष्ठको भनाइ छ ।

‘लगानीकर्तालाई आत्मसन्तुष्टी र मुनाफा दुबै भएमा मात्र लगानी गर्ने हो, हामीले हालसम्म गरेको कृषि उद्यमशीलताका कारण जो कोही लगानीकर्ताले पनि आत्मसन्तुष्टी पाउनु हुनेछ,’ श्रेष्ठले भने, ‘प्रिआइपीओमा लगानीकर्ताले देखाएको उत्साहले हामी सही बाटोमा छौँ भन्नेमा थप ढुक्क भएका छौँ ।’

किसानको ‘वन स्टेप सोलुसन’ साथि

श्रीनगर एग्रोले सुरूम प्यारेन्ट चल्लाको उत्पादन तथा सप्लाइमा केन्द्रीत थियो । कम्पनीले विस्तारै वन स्टेप सोलुसनको अवधारणा अनुसार आफ्ना योजना अगाडि बढाएको हो । जस अनुसार किसानका लागि आवश्यक बिउरचल्लादेखि दानासम्म सप्लाइ गर्ने र उत्पादनको बजारको ज्ञारेन्टी गर्ने काम गरिरहेको छ ।

किसान तथा एग्रोभेटका लागि आवश्यक पर्ने सेवाको समेत उपलब्धताका कारण पनि श्रीनगरले विश्वास कमाएको देखिन्छ । करार खेतीका माध्यमबाट पनि कम्पनीले काम गरिरहेको छ ।

लुम्बिनी केन्द्रीत, कमाइ र क्षेत्र दुबै विस्तारित हुँदै

काठमाडौँको जेम्स पोल्ट्रीबाट सुरु गरेको उद्यमशीलतामा लागेको श्रेष्ठ नेतृत्वको श्रीनगरले फराकिलो उद्मशीलताको योजना अनुरूप रुपन्देहीमा केन्द्रीत भएको थियो । हाल पश्चिम नेपालमा पोल्ट्री क्षेत्रको छुट्टै ब्राण्ड नै बनेको छ ।

श्रीनगरले रूपन्देहीको सुद्धोदन नगरपालिका ४ मा पौने दुइ बिघामा दाना उद्योग सञ्चालन गरिरहेको छ । नजिकै पौने तीन बिघाको ह्याचरी तथा फार्म र अर्को पौने चार बिघामा एउटा व्यवसायीक फार्म सञ्चालन गरिरहेको छ । पाल्पाको तेल्घामा २३ रोपनी जग्घामा ब्रिडर फार्म सञ्चालनमा छ । बुटवलमा पनि मासु प्रशोधन उद्योग लगायत फुडमा नयाँ योजनाकासाथ कम्पनी अगाडि बढिरहेको छ ।

“गुणस्तरीय उत्पादन उपभोक्तालाई उपलब्ध गराएर उपभोक्ताको स्वास्थमा योगदान मात्र गरेका छैनौँ, कृषक र साना उद्यमीहरूको पनि भरोसाको केन्द्र बनेका छौँ,” श्रेष्ठले भने, “समग्रमा श्रीनगरको दुई दशकको यात्रा थोरै चुनौतिपूर्ण र धेरै अवसरयुक्त रह्यो, कृषि क्षेत्रमा लागेर मेहेनत गर्ने हो भने कमाइ पनि उत्तिकै हुन्छ भन्ने मलाई लाग्छ।”

५० प्रतिशतले कारोबार बढाउने लक्ष्य

श्रीगरले गत आर्थिक २०७९र८० वर्षमा एक अर्बभन्दा बढी कारोबार गरेको छ । अब आउने आर्थिक वर्षमा कम्तिमा पनि डेढ अर्ब रुपैयाँको बिक्रीलाई लक्षित राखिएको छ । ‘यो वर्ष बैंकको पनि लगानी बढ्नेछ भने नयाँ संरचनाहरू थप्दाखेरी पनि बैंकिङ ऋण सुविधाहरू पनि थपेका छौँ,’ उनले भने, ‘जसले गर्दा यो वर्ष क्षमताका आधारमा पनि नयाँ संरचनाहरूमा लगानी गर्नुपर्ने हुन्छ र भइरहेको कामलाई पनि सँगै लिएर जानुपर्ने हुन्छ ।’ साथै कम्पनीले कम्पनीले ३ वर्षमा लगानीकर्तालाई राम्रो लाभांश दिने समेत उनको दावी छ ।

कृषिमै अवसर

कृषिमा कमाइ हुदैन भन्ने मानसिकता बोकेकाका लागि श्रीनगर एग्रो विचार परिवर्तन गर्ने उदारणको रूपमा देखिएको छ । स्पष्ट योजना र लगानी भएमा खट्न सक्ने हो भने कृषि क्षेत्रमा अबसर अबसर रहेको संस्थापक तथा अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘नेपालमा प्रक्रियागत झन्झटिलोपना नै प्रमुख चुनौति हो,’ उनले भने, ‘उद्यमीको कामलाई कमसेकम नियामक निकायले मर्म बुझिदिने र अलिकति छिटोछरितो माध्यामबाट काम गरिदिए सोचेको समयमा पूरा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL