Logo

ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड, यस्ता छन् अन्य सूचक

ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड, यस्ता छन् अन्य सूचक



काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६.३७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २२.४८ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ५२.४९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४४.२६ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५६ पैसा घटेर २० रुपैयाँ २८ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ९१ करोड १६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत बढेको छ भने कर्जा लगानी ३८.०९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL