Logo

नेप्से परिसुचक १७ सय माथी, एकैदिन ३६ अंकले बढ्यो, बैंकका लगानीकर्ताले कमाए

नेप्से परिसुचक १७ सय माथी, एकैदिन ३६ अंकले बढ्यो, बैंकका लगानीकर्ताले कमाए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक उच्च रुपमा बढेको छ । बजार खुलेदेखि नै उकालो लागको नेप्से परिसुचक अन्तमा ३६ दशमलव ६ अंकले उकालो लागेको छ ।

सोमबार बैंकिङ समुहको परिसुचक उच्च रुपमा बढ्दा समग्र नेप्से परिसुचक बढ्न गएको हो । बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ६१ अंकले बढ्न गएको छ । बैंकिङ समुहको परिसुचक झण्डै ४ प्रतिशतले बढ्न गएको छ । यसैगरी विकास बैंक समुह पनि २१ अंकभन्दा बढीले उकालो लागेको छ ।

सोमबार पहिलो पटक नेप्से परिसुचक १ हजार ७ सय अंक माथी पुगेको छ । दिनभर उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ७ सय २१ दशमलव ७७ ंअंकमा पुगेर अडिएको छ ।

दिनभर सवैभन्दा बढी बैंकिङ समुहको सेयर कारोवार भएको छ । उच्च कारोवार हुने १० कम्पनीमध्ये ९ वटा बैंक नै रहेका छन् । जसमध्ये सवैभन्दा बढी एभरेष्ट बैंकको ९ करोड ९५ लाख रुपैयाँको सेयर कारोवार भएको छ भने दोस्रोमा नेपाल एसवीआई बैंकको ८ करोड ६४ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । बजारमा होटल र इन्स्योरेन्स वाहेक सवै समुहका परिसुचक उकालो लागेका छन् ।

दिनभर कुल १ सय ३२ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब ६९ करोड ९० लाख रुपैयाँ बरावरको ४९ लाख २५ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्