Logo

कमलादीको स्काईवाक टावरमाथि छानविन गर्दै काठमाडौं महानगरपालिका, निर्माण सामग्रीको गुणस्तर मापन गरिने

कमलादीको स्काईवाक टावरमाथि छानविन गर्दै काठमाडौं महानगरपालिका, निर्माण सामग्रीको गुणस्तर मापन गरिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले हालै संचालनमा आएको कमलादीस्थित स्काई वाक टावरमाथि छानविन गर्ने भएको छ । महानगरपालिकाले स्काईवाक टावरमा प्रयोग गरिएका सामग्रीको गुणस्तर, संरचनाको वैधानिकता, शुल्कलगायतमा छानविन गर्न लागेको हो ।

दक्षिण एशियाकै अग्लो दावि गरिएको उक्त स्काईवाक टावर ७८.५ मिटर अग्लो छ । यो टावर निर्माण सम्पन्न भई पुर्ण रुपमा संचालनमा आएपछि प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेर टावर चढ्न पाउने व्यवस्था गरिएको छ । तर, यो टावरमा प्रयोग भएका सामग्रीको गुणस्तर, नक्सार, पार्किङलगायत संरचना भएनभएको कुरालाई ध्यानमा राखेर छानविन गर्न लागिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

उक्त टावर वन्डर्स नेपाल प्रालिले निर्माण गरेको हो । २२ तलासम्म निर्माण गरिएको उक्त टावरमा दुई ओटा लिफ्ट, एमपी थिएटरलगायतका सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL