Logo

दिनभरको उतारचढावबीच दोहोरो अंकले घट्यो बजार, नेप्से २२०० अकंमा

दिनभरको उतारचढावबीच दोहोरो अंकले घट्यो बजार, नेप्से २२०० अकंमा



काठमाडौं । सेयर बजार सोमबार दिनभरको उतारचढावबीच दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबार बजार खुलेदेखि नै बजारमा तीब्र उतारचढाव देखिएकोमा अन्तत नेप्से २६.६६ अंकले घटेर २२०० अकंमा रोकिएको हो । आज नेप्से दुई हजार दुई सय दशमलब ५० विन्दुमा बन्द भएको छ ।

बजार घटेपनि समग्रमा कारोबार रकम भने उत्साहपूर्ण रहेको बजारमा चार अर्ब ७३ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ५० कम्पनीको शेयरमूल्य बढेको छ भने १६३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । जसमध्ये किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्ड–२ र कुमारी इकयुटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाए भने कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कारेबार भएको छ । य

प्रतिक्रिया दिनुहोस्
MBL