Logo

मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा उत्साह, ६३ अंकले बढेकाे बजारमा ४ अर्ब ३७ कराेडकाे काराेबार

मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा उत्साह, ६३ अंकले बढेकाे बजारमा ४ अर्ब ३७ कराेडकाे काराेबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा ६३.२४ अंकले बढ्दै २२ सय २७ को विन्दुमा पुगेर बन्द भएको हो ।

यसअघि झिनो अंकमा सुधार भइरहेको नेप्से मौद्रिक नीति सार्वजनिकको तयारी गरेसँगै उकालो लागेको थियो । दिउँसो १ बजे नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेर सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने बताएपछि नेप्सेको उकालो यात्रा तिव्र भएको थियो ।

आज नेप्से उच्च अंकले बढ्दा १ सय ९९ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । जसमध्ये ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ । यस्तै आज १६ कम्पनीको सेयरमूल्यमा भने गिरावट आएको छ ।
आज कारोबार अवधिभर कुल २ सय ६६ कम्पनीका १ करोड २० लाख २ हजार ३ सय ८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार रुपैयाँ नाघेको छ ।

आज सबैभन्दा बढी शिवम सिमेन्टको १४ करोड रुपैयाँ बढीको सेयर कारोबार हुँदा हिमालयन डिस्ट्रीलरी, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैं, एनआइसी एशिया बैंकलगायतको १० करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबै समुहका परिसुचकहरु उकालो लाग्दा सबैभन्दा बढी विकास बैंक समुहको परिसुचक १ सय ९५ अंकले उकालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL