काठमाडौं । नेपालमा ३ वटा नयाँ ग्याँस उद्योग संचालनमा आउने भएको छ । चालु आर्थिक बर्षमा ३ वटा नयाँ ग्यास उद्योग संचालनका लागि प्रस्ताव आएको उद्योग विभागले जानकारी दिएको छ ।
हाल आदित्य ग्यास उद्योग प्रालि, जयश्री तिरुपती उद्योग र एक्सप्रेस ग्यास उद्योग प्रालिले सञ्चालन स्वीकृतिको प्रस्ताव गरेका विभागका अनुमति शाखआका अधिकृत रामप्रसाद लुईटेलले जानकारी दिए । ती उद्योहरुको बार्षिक क्षमता ३६ हजार मेट्रिक टन रहेको छ भने ५० करोड रुपैयाँ बराबरको लगानी हुने छ । जसमध्ये आदित्यले विभागबाट स्वीकृति पाइसकेको छ भने अन्यलाई पनि सहमति दिने प्रक्रियामा रहेको छ । हाल ५५ वटा ग्याँस उद्योग संचालनमा रहेका छन् ।
कम्पनीले गरेको प्रस्ताव अनुसार उक्त उद्योग संचालनमा आएसँगै १ सय १५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । विभागमा आएको प्रस्तावमध्ये आदित्य ग्यास उद्योग प्रालिले जनकपुरमा उद्योग संचानलनका लागि गत कात्तिक २ गते प्रस्ताव पेश गरेको थियो । सो उद्योगमा १५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । कम्पनीको वार्षिक ग्याँस भर्ने क्षमता १२ हजार मेट्रिक टन रहेको छ । उद्योगले ४२ जनालाई रोजगारी दिने विभागका उल्लेख छ ।
त्यसैगरी मोरङमा जयश्री तिरुपती ग्याँस उद्योग संचालन अनुमतिका लागि जेठमा प्रस्ताव पेश गरेको थियो । सो उद्योग भने दर्ताको प्रक्रियामा नै रहेको विभागका लुईटेलले जानकारी दिए । जयश्री तिरुपती उद्योगको बार्षिक क्षमता १२ हजार मेट्रिक टन रहेको छ भने कम्पनीमा २० करोड रुपैयाँ लगानी रहेको छ । कम्पनी संचालनमा आएसँगै ३५ जनालाई रोजगारी दिने बताइएको छ ।
त्यस्तै एक्सप्रेस ग्याँस उद्योग प्रालिले हालै रुपन्देहीमा उद्योग स्थापना गर्ने उद्देश्यका साथ विभागका प्रस्ताव पेस गरेको छ । सो उद्योगले यसैसाता विभागमा प्रस्ताव ल्याएको हो । एक्सप्रेस ग्यास उद्योगको पनि वार्षिक ग्याँस उत्पादन क्षमता १२ हजार मेट्रिक टन रहेको छ ।१५ करोड रुपैयाँको लगानीमा सञ्चलनमा ल्याउन लागिएको सो उद्योगले ४२ जनाले रोजगारी पाउने छन् ।
विभागले कुनै पनि ग्याँस उद्योग सञ्चालन अनुमतिका लािगव लागि आफुकहाँ आएको प्रस्तावलाई शुरुमा नेपाल आयल निगममा फाइल पठाउँछ । आयल निगमले फाइल अध्ययन गरेर उपयुक्त लागेको अवस्थामा विभागलाई दर्ताको सिफारिस गर्छ । त्यसपछि मात्र विभागले दर्ता प्रक्रिया अघि बढाउने बताइएको छ । विभागबाट दर्ता स्वीकृति पाएपछि उद्योगले वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र उद्योग सञ्चालन गर्न पाउने नियम छ ।