Logo

सेयरका खेलाडीको निगरानी शुरु, अनावश्यक रुपमा मूल्य बढाउन नपाइने

सेयरका खेलाडीको निगरानी शुरु, अनावश्यक रुपमा मूल्य बढाउन नपाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । धितोपत्र बोर्डले बजारमा चलखेल भैरहेको सूचनाका आधारमा अनुसन्धान र निगरानी थालेको छ । बजार अस्वाभाविक रुपले माथि गएपछि ठूला गानीकर्ताहरुले चलखेल गरेको हुनसक्ने शंकाका आधारमा यस्तो निगरानी थालिएको बोर्डसम्वद्ध सूत्रले जानकारी दिएको छ ।

सूत्रका अनुसार हालसम्मको अनुसन्धानका आधारमा केही ठूला घरानीया र ठूला लगानीकर्ताहरुले बजारलाई उथलपुथल पार्न खोजेको र कतिपय कम्पनीहरुको सेयर मूल्य अनावश्यक रुपमा माथि लैजाने गरेको तथ्य पत्ता लागेको छ । कुनै कम्पनीहरुको सानो कित्ताको कारोबार गरी सेयरमूल्य बढाउने गरिएको छ । शंका लागेका कम्पनीहरुको कारोबारलाई दैनिक अनुगमन र समीक्षा गरिरहेको बोर्डले जानकारी दिएको छ ।

विशेषगरी बीमा कम्पनीहरुमा यस्तो प्रवृत्ति देखिएको छ । कुनै बाहना हेरेर सेयरको मूल्य बढाउने र घटाउने काम भैरहेको छ । चलखेल गर्ने ठूला लगानीकर्ताहरुले प्रमुख दलाल कार्यालयमा यो कम्पनी राम्रो छ, यति धेरै लाभांश वा बोनस सेयर दिदैछ, नयाँ कम्पनी सस्तोमा खरिद गर्दैछ वा यस्तै मूल्य बढाउन उपयोगी जानकारी दिन खटाएको सम्वन्धमा पनि निगरानी थालिएको जनाइएको छ ।

कतिपय कम्पनीको हकमा भित्री सूचनाको आधारमा कारोबार भैरहेको बोर्डले बताएको छ । यसमा पनि निगरानी भैरहेको छ । ठोस प्रमाण प्राप्त भैसकेपछि समीक्षा गरी के कस्तो कार्बाही मिल्ने हो सोही अनुसार अगाडि बढ्ने जनाइएको छ ।

समाचार सूत्रका अनुसार संघाई थरका एक ठूला घरानीया व्यापारीले भित्री सूचनाका आधारमा एनएलआईसीको ठूलो कारोबार गरेको पाइएको छ भने मूल्य पनि ह्वात्तै बढाइएको थियो । पछि खराब नियतले कम्पनीको एफपीओसम्वन्धी निर्णय भएको र प्रचार गरिएको तथ्यका आधारमा बोर्डले सो कम्पनीको कारोबार नै रोक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्