Logo

दोहोरो अंकले बढ्यो नेप्से, पाँच कम्पनीको सेयरमूल्यमा सर्किट

दोहोरो अंकले बढ्यो नेप्से, पाँच कम्पनीको सेयरमूल्यमा सर्किट



काठमाडौं । बुधबार नेपाल स्टक एक्चसेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २५.३१ अंकले बढ्दै २०९७ को विन्दुमा पुगेको हो ।

आज कारोबार अवधिभर २ सय ८९ कम्पनीका ८५ लाख ४ हजार ३ सय ७८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब १८ करोड ७६ लाख रुपैयाँ माथि पुगेको छ । बुधबार कारोबार भएकामध्ये ३८ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय ८५ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज उकालो लागेका कम्पनीमध्ये ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ ।

आज शिवम सिमेन्टको सबैभन्दा बढी ३३ करोड माथिको सेयर कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्सको ९ करोड २३ लाख र सोल्टी होटल लिमिटेडको ९ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज वित्त र होटल तथा पर्यटन समुहको परिसुचकमा गिरावट आएपनि अन्य सबै समुहको परिसुचकहरु उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL