Logo

हवाई भाडा घट्यो, कहाँ पुग्न कति लाग्छ ?

हवाई भाडा घट्यो, कहाँ पुग्न कति लाग्छ ?



काठमाडौं । नेपाल वायुसेवा निगमले हवाई भाडा घटाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थसँग हवाई इन्धनको मुल्य घटाएपछि हवाई भाडा पनि घटेको हो ।

निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएपछि सोही अनुसार हवाईजहाजको भाडामा प्रमुख हिस्सा मानिने फ्युल सरचार्ज घटेको संघले जानकारी दिएको छ ।

यस अनुसार सबैभन्दा बढी भाडा विराटनगरदेखि नेपालगंजको घटेको छ । वायुसेवा संघका अनुसार यो रुटमा अब प्रतियात्रु ७ हजार ३ सय ५ रुपैयाँ भाडा लाग्नेछ । यसअघि यो रुटमा न्युनतम ८ हजार ५५ रुपैयाँ भाडा लाग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL