Logo

साताको पहिलो दिन सेयर बजारमा पहिरो, ५४ अंकले घटेको बजारमा कारोबार भने ५ अर्ब बढीको

साताको पहिलो दिन सेयर बजारमा पहिरो, ५४ अंकले घटेको बजारमा कारोबार भने ५ अर्ब बढीको



काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ। आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा ओर्लिएको छ। गत साताको अन्तिम कारोबार दिन बुधबार नेप्से अन्तिममा ३५.३७ अंकले घट्दै २१ सय ५५.९९ को विन्दुमा पुगेको थियो ।

आइतबार कारोबारमा आएको अधिकांस कम्पनीको सूचक घटेको छ। यस दिन दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लेबल नजिक कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।आइतबार कारोबारमा आएको २८६ वटा कम्पनी मध्ये २०७ कम्पनीको सेयर मूल्य घटेको छ। १८ कम्पनीको सेयर मूल्य बढेको छ। एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।

यसैगरी, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज १२.२३ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३९०.५२ विन्दुमा पुगेको छ । आइतबार २८६ कम्पनीका १ करोड १३ लाख १३ हजार १८३ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँको कारोबार भएको छ। गत साताको अन्तिम कारोबार दिन ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्से सूचक संगै कारोबार रकममा पनि गिरावट आएको हो।।

आइतबार कारोबारमा आएका सबै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। यसदिन सबैभन्दा धेरै लघुवित्त कम्पनी उपसमूहको सेयर मूल्य ओरालो लागेको छ। यस उपसमूहको सेयर मूल्य आज ४.७५ प्रतिशतले घटेको नेप्सेले जानकारी दिएको छ। यसैगरी, सबैभन्दा धेरै गुमाउने दोस्रो उपसमूह विकास बैंक उपसमूह रहेको छ। यस उपसमूहका लगानी कर्ताले आज ३.४८ प्रतिशतका दरले आफ्नो सेयर मूल्य गुमाएका छन्। आज सबैभन्दा धेरै हिमालयन लाइफको सेयर कारोबार भएको छ। कम्पनीको आज ४२ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL