Logo

डाटा सेन्टर सञ्चालनको तयारीमा नेपाल टेलिकम,चालु आवभित्रै टेन्डर आवह्वान गरिने

डाटा सेन्टर सञ्चालनको तयारीमा नेपाल टेलिकम,चालु आवभित्रै टेन्डर आवह्वान गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमले डाटा सेन्टर सञ्चालनका लागि टेन्डर आह्वानको तयारी गरेको छ । सरकारी तथा निजी क्षेत्रका तथ्यांकलाई एकीकृत रुपमा सुरक्षित राख्ने उद्देश्यका साथ डाटा सेन्टर सञ्चालनका लागि टेन्डर आवह्वान गर्न लागेको गर्न लागेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

‘प्राविधिक अध्ययन सकिसकेको छ,’ उनले भन्नि ‘डकुमेन्ट तयार हुनासाथ चाँडैनै टेण्डर आवह्वान गरिने छ ।,’  चालु आर्थिक् बर्षभित्रै टेन्डर गर्ने लक्ष्य भएको टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले जानकारी दिए । डकुमेन्ट तयार नभएसम्म भने डाटा सेन्टर स्थापनाका लागि लाग्ने लागतको आंकलन गर्न नसकिने बताइएको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा टेलिकमले डाटा सेन्टर सञ्चालनका लागि काम अगाडि बढाउने उल्लेख गरेको थियो । टेलिकमले सञ्चालनमा ल्याउने डाटा सेन्टरमा उच्च प्रविधियुक्त अप्टिकल फाइबर केबल र नयाँ प्रविधिको प्रयोग हुने छ ।

टेलिकमको डाटा सेन्टरमा सरकार, व्यक्ति अथवा कुनै कम्पनीले आफ्नो डाटा (तथ्याङ्क) सुरक्षित राख्न एक विशेष डिभाइस राखिएको हुन्छ । सहप्रवक्ता अधिकारीका अनुसार डाटा सेन्टर फिजिकल र क्लाउडमा आधारित तथा सम्पूर्ण रुपमा क्लाउडमा मात्रै आधारित हुन्छन्। जसमध्ये ‘फिजिकल’ डाटाबेस सेन्टरमा आफ्ना महत्वपूर्ण डाटालाई चुहिनबाट बचाउन सुरक्षित राखिन्छ । त्यस्तै क्लाउडबेस्ड डाटा सेन्टरले पनि प्रयोगकर्तालाई डाटासँग सम्बन्धित कामका लागि सेवा दिन्छ । फिजिकलको तुलनामा यो सेवा सुरक्षित मानिन्छ ।

विशेषगरी सरकारी र निजी व्यवसायिक संस्थाले आफ्ना डाटा सुरक्षित राख्न डाटा सेन्टरको प्रयोग गर्छन् । आफ्नो स्पेस अपर्याप्त भएको अवस्थमा डाटा सेन्टरमा डाटा राख्ने गरिन्छ । जसअनुसार डाटा स्पेस प्रयोग गरेबापतको शुल्क डाटा सेन्टर सञ्चालकलाई तिर्नु पर्छ । हाल नेपालमा सिंहदरबारभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र छ । त्यहा नेपाल सरकारका सम्पूर्ण डाटा सुरक्षित रुपमा राखिएको छ ।

यता निजी क्षेत्रले भने आफ्नै सर्भर राखेर डाटा सुरक्षित राखेको बताइएको छ । विभिन्न बैंकहरुले आ आफ्नै सर्भरहरु राखेका छन् भने अरुले डाटा सुरक्षित राख्न निजी तथा विदेशी कम्पनीसँग सहयोग लिइरहेका छन्। टेलिकमले फाइबरसँगै क्लाउडमा आधारित मोडलको पनि सेवा दिने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्