Logo

घोराही सिमेन्टको आइपिओ माथि छानबिन गर्न समिति गठन, संयोजकमा दिपेश ताम्राकार

घोराही सिमेन्टको आइपिओ माथि छानबिन गर्न समिति गठन, संयोजकमा दिपेश ताम्राकार



काठमाडौं। घोराही सिमेन्टको सर्वसाधारण सेयर (आइपिओ) निष्काशन प्रक्रिया माथि छानबिन गर्न नेपाल धितोपत्र बोर्डका सुपरभिजन प्रमुख दिनेश ताम्राकारको संयोजकत्वमा बुधबार छानबिन समिति गठन भएको छ।

छानबिन समितिले घोराहीको सम्पूर्ण पक्ष, रेटिङ कम्पनी र अन्डरराइटरमाथि पनि छानबिन गर्ने बोर्डका एक अधिकारीले बताए। घोराही सिमेन्टमा १४ जनाले १० लाख कित्ताको दरले सेयर आवेदन दिएको पाइएपछि उसको सम्पूर्ण प्रक्रिया रोक्का गरिएको थियो। ठूलो संख्यामा आवेदन दिएका लगानीकर्ताको खातामा उक्त सेयरका लागि रकम नभएको पाइएको थियो।

प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेको घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको थियो। कम्पनीले गत जेठ ३२ गतेबाट सर्वसाधारणमा प्रिमियम मूल्यमा आइपिओ निष्काशन गरेको थियो । प्रतिकित्ता ४ सय ३५ रुपैयाँ मूल्य तोकिएको उक्त सेयर न्यूनतम १० कित्ताका लागि आवेदन दिँदा पनि बैंक खातामा रोक्का राख्न मिल्ने ४ हजार ३ सय ५० रुपैयाँ हुनैपर्छ । तर, धेरैको आवेदन प्राविधिक कारण देखाएर रद्द गरि घोराही सिमेन्टले आइपिओका लागि आवेदनको म्याद लम्ब्याएको थियो ।

तर, खातामा पर्याप्त पैसा नै नभइ १० कित्ताको एक हजार रुपैयाँ लाग्ने ठानेर आवेदन दिएका कारण आवेदन रद्द भएको आशंका गर्दै सीडीएससीले सूचना जारी गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको थियो ।

उक्त सेयरका लागि हालसम्म ५ लाख २८ हजार १६६ जनाले २ करोड ४० लाख ५७ हजार १३० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा निकै बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL