Logo

पैसा पाउने सहमतिपछि कृषि बीमालेख बिक्री पुनः सुरु, बक्यौता रकम चरणबद्ध रुपमा भुक्तानी दिने सरकारको प्रतिबद्धता

पैसा पाउने सहमतिपछि कृषि बीमालेख बिक्री पुनः सुरु, बक्यौता रकम चरणबद्ध रुपमा भुक्तानी दिने सरकारको प्रतिबद्धता



काठमाडौ । बीमा कम्पनीहरुले कृषि बीमालेख बिक्री पुनः सुरु गरेका छन् । सरकारले कृषि बिमा अनुदानवापत् करिब ३ अर्ब भुक्तानी नदिएको भन्दै कम्पनीहरुले गत जेठ ७ गतेदेखि यो बीमालेख बिक्री रोकेका थिए । अहिले सरकारले बक्यौता रकम चरणबद्ध रुपमा भुक्तानी दिने प्रतिबद्धता गरेपछि बीमालेख बिक्री सुरु गरेका हुन् ।

२०७७ सालदेखि कृषि बीमाको अनुदानबापत सरकारले दिनुपर्ने करिब ३ अर्ब बाँकी रहेपछि बीमा कम्पनीहरुले जेठ ७ गतेदेखि कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरेका थिए ।

कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयूक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएको र कृषि बीमा लेख जारी गर्न आग्रह गरेको नेपाल बिमक संघले जनाएको छ ।

सो आग्रहपछि असार मसान्तसम्मको लागि बीमालेख असार मसान्तसम्म जारी गर्ने निर्णय गरेको संघले विज्ञप्तिमार्फत जनाएको हो । असार मसान्तसम्म अनुदान रकम प्राप्त नभएमा पुनः बीमालेख बन्द गरिने संघले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL