Logo

मूल्य र बजार नपाएपछि किसानमा नैराश्यता, कालीमाटीमा फ्याँकियो एक ट्रक गोलभेडा

मूल्य र बजार नपाएपछि किसानमा नैराश्यता, कालीमाटीमा फ्याँकियो एक ट्रक गोलभेडा



काठमाडौं । पछिल्लो समय बढेको टमाटरको उत्पादन र घट्दो मूल्यका कारण गोलभेडा किसान निराश भएपछि कालीमाटीमा गोलभेडा फ्याँकिएको छ । आईतबार बिहानै केहि कृषकहरुले करिव १ ट्रक गोलभेडा कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय परिसर र कालिमाटी चोकमा फालेका हुन् ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले किसानले भनेबमोजिमको मूल्य र बजार नपाउँदा टमाटर फ्याँकेको हुनसक्ने बताएका छन् । ‘पछिल्लो समय टमाटरको खपत लगातार बढेको छ, काठमाडौंकै वरीपरी टनेलामा फल्ने टमाटरको उत्पादनमा वृद्धि र खपत कम भएपछि टमाटरको मूल्य लगातार घटिरहेको छ,’ उनले भने, ‘यसरी मूल्य पनि घट्ने र बजार नपाईने समस्याबाट किसानमा नैराश्यता पैदा भएपछि टमाटर फ्याँकिएको हुनसक्छ ।’

समितिले आज टनेलामा उत्पादित टमाटरको मूल्य प्रतिकिलो ८ रुपैयाँ तोकेको छ । हाल बजारमा भारतीय टमाटर नरहेको पनि श्रेष्ठले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्