Logo

३१ प्रतिशतले सेयर कर्जा बढ्यो, एक बर्षमै ३५ अर्ब रुपैयाँ प्रवाह

३१ प्रतिशतले सेयर कर्जा बढ्यो, एक बर्षमै ३५ अर्ब रुपैयाँ प्रवाह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । १ वर्षको अवधिमा सेयर कर्जा ३१ प्रतशतले बढेको छ । पछिल्लो १ वर्षको अवधिमा सेयर कर्जा उच्च रुपमा बढेको नेपाल राष्ट्र बैंकले बताएको छ ।
२०७२ सालमा विभिन्न बैंक वित्तीय संस्थाले ३५ अर्ब रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । जुन २०७१ को तुलनामा ११ अर्ब रुपैयाँले बढी हो । २०७१ मा त्यस्तो कर्जा २४ अर्ब रुपैयाँ मात्र प्रवाह भएको थियो ।

कम व्याजदर र उद्योग कलकारखानामा लगानी बृद्धि नभएसँगै सेयर कर्जा प्रवाह बढेको हो । सेयर बढी प्रवाह भएपनि सीमाभन्दा तल नै रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘हाम्रो सेयर कर्जा प्रवाहको सीमा २५ प्रतिशतसम्म रहेको छ,’ उनले भने, ‘तर अहिले ५० प्रतिशत अर्थात १२ प्रतिशतमात्र प्रवाह भएको छ ।’ बैंक व्याजदर घटेको कारणले गर्दा सेयर लगानी क्रम बढेको जानकारी दिँदै राष्ट्र बैंकले व्याजदर बढाउने वित्तिकै घट्ने उनले बताए ।

सहज रुपमा कर्जा प्रवाह हुने भएकाले सेयर कर्जा लिने क्रम बढेको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए । ‘बैंकहरुले कम व्याजदरमा सहज रुपमा सेयर कर्जा प्रवाह गर्दै आएका छन्,’ उनले भने, ‘जसले गर्दा कर्जा लिने क्रम बढेको छ ।’ हाल दैनिक रुपमा डेढ अर्बको कारोवार हुनुमा बैंकले प्रवाह गर्दै आएको सेयर कर्जाको ठूलो योगदान रहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL