Logo

बजारमा लगानीकर्ताको आकर्षण , नेप्से परिसुचक १६ अंकले बढदा कारोबार रकम ५ अर्ब माथि

बजारमा लगानीकर्ताको आकर्षण , नेप्से परिसुचक १६ अंकले बढदा कारोबार रकम ५ अर्ब माथि



काठमाडौं । साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६.३२ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको बजार अन्तिम समयमा दोहोरो अंकले बढ्दै २०३७ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभर कुल २ सय ७५ कम्पनीका १ करोड २५ लाख ६१ हजार कित्ता सेयर ७९ हजार ४ सय ६१ पटक किनबेच हुँदा कारोबार रकम १ अर्ब १ करोड ७८ लाख ७ हजार ६ सय ८२ रुपैयाँ पुगेको छ ।

आज दिनभर भएको कारोबारमा ९१ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय २६ कम्पनीको सेयरमूल्य बढेको छ । सेयरमूल्इ बढेका कम्पनीहरुमध्ये आज खप्तड लघुवित्त वित्तीय संस्था र सिटी होटल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज शिवम सिमेन्टको सबैभन्दा बढी २८ करोड १७ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा हिमालय डिस्ट्रीलरीको २४ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्