Logo

बजारलाई कारोबार रकमको साथ, ३४ अंकले बढ्यो परिसुचक

बजारलाई कारोबार रकमको साथ, ३४ अंकले बढ्यो परिसुचक



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ३४.१७ अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि कारोबार रकमले साथ दिँदा लगातार उकालो लागिरहेको नेप्से परिसुचक अन्तिममा उच्च अंकले बढ्दै २०२० को विन्दुमा पुगेको हो ।

आज कारोबार रकमले साथ दिँदा बजारमा कारोबार भएका १ सय ९६ कम्पनीको सेयरमूल्य उकालो लागेको छ । आज दिनभर कुल २ सय ७० कम्पनीका १ करोड ८ लाख १ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँ माथि पुगेको छ ।

आज कारोबार भएकामध्ये विन नेपाल लघुवित्त, भुगोल इनर्जी र सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट देखिएको । यससँगै २२ कम्पनीको सेयरमूल्यमा गिरावट पनि आएको छ ।

आज ४ कम्पनीको सेयर कारोबार १० करोड माथि भएको छ । जसमध्ये सबैभन्दा बढी शिवम सिमेन्टको सेयर कारोबार २७ करोड ६६ लाख रुपैयाँ बराबरको हुँदा हिमालयन डिस्ट्रीलरीको १७ करोड ५० लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख र सोल्टी होटल लिमिटेडको १२ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्