Logo

नेप्सेमा ४० अंकको वृद्धि, दुई सय १२ कम्पनीको सेयरमूल्य उकालो, कारोबार रकम ३ अर्ब ४५ करोड माथि

नेप्सेमा ४० अंकको वृद्धि, दुई सय १२ कम्पनीको सेयरमूल्य उकालो, कारोबार रकम ३ अर्ब ४५ करोड माथि



काठमाडौं । आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । आईतबार कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ४०.४८ अंकले बढ्दै १९ सय ८० को विन्दुमा पुगेर रोकिएको हो ।

दिनभर भएको कारोबारमा आज कुल २ सय ७५ कम्पनीका ९५ लाख २८ हजार २ सय ५५ कित्ता सेयर ६१ हजार ४ सय ५० पटक किनबेच हुँदा कारोबार रकम ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ नाघेको छ ।

आज ६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा २ सय १२ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । जसमध्ये भुगोल इनर्जी र सिटी होटल लिमिटेडको सेयरमूल्यले सकारात्मक सर्किट हानेको छ ।

आज सिटीजन लगानी कोषको सबैभन्दा बढी ११ अर्ब ४७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा शिवम सिमेन्टको १० अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्