Logo

बजेटपछि सल्बलाए कालोबजारिया, स्टकमा खाद्यान्न, उकालो लाग्यो मुल्य

बजेटपछि सल्बलाए कालोबजारिया, स्टकमा खाद्यान्न, उकालो लाग्यो मुल्य


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । ‘बजेटले कृषि उत्पादनमा जोड दिएकोले तलव बढ्दैमा मुल्यबृद्धि बढ्छ भन्ने छैन,’ बजेट भाषणपछिको भोलिपल्ट अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालयका आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले मुल्यबृद्धि हुन सक्ने आसङका सहितको प्रश्नमा यस्तो प्रतिकृया दिएका थिए । तर, परिस्थिती अर्के बन्यो, आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउन अझै एक महिना बाँकी छदै सर्वसाधारणाई पिरोल्ने गरि बजार भाउ उकालो लाग्न थालिसक्यो ।

बजेट भाषण लगत्तै विशेषगरी खाद्यान्नको मुल्यको उच्च रुपमा उकासिएको छ । बजारमा दाल, चामल, तेल, अण्डालगायतका खाद्यान्न बस्तुको मुल्य उच्च रुपमा उकासिएको छ । बजेटभाषण लगत्तै मुख्य खाद्यान्नको मुल्य न्युनतम १० प्रतिशतदेखि २५ प्रतिशतसम्म बढेको छ ।

आगामी आर्थिक वर्षको बजेटले बजारमा थप ३० अर्ब रुपैयाँ बरावरको खाद्यान्न बस्तु आउने र जसले गर्दा मुल्य नियन्त्रणमा सहयोग पुर्याउने खतिवडाको तर्क थियो । तर, बजेट कार्यान्वयमा आएर सो वरावरको खाद्यान्न उत्पादन हुने हो वा हैन तर बजारमा अहिलेदेखि नै मुल्य बृद्धि हुन थालिसकेको छ । जसले गर्दा सरकारले लिएको मुल्यबृद्धिको लक्ष्य बढेर १० प्रतिशतभन्दा बढी पुग्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

पछिल्लो समय चामलको मुल्य प्रतिबोरा १ सयदेखि २ सय रुपैयाँसम्म बढेको छ भने दालमा प्रति किलोग्राम ३० रुपैयाँसम्म बढेको छ । बजेट भाषण अघि प्रतिकिलो २ सय ४० रहेको मासको दालको मुल्य हाल २ सय ७० रुपैयाँमा किन्नु परेको बलाजुकी सानुमाया महर्जनले बताइन् । त्यसैगरी अन्य दाल तथा चिनी लगायतका खाद्यान्नमा पनि प्रतिकेजी १० रुपैयाँदेखि ३० रुपैयाँसक्क महङ्गिएको उनको कथन थियो ।

प्रतिलिटर २ सय ५० रहको तोरीको तेलको मुल्य बढेर प्रतिलिटर २ सय ८० रुपैयाँ पुगेको छ । अण्डामा प्रति क्रेट १ सय रुपैयाँसम्म महङ्किएको छ । बजेटभन्दा प्रतिक्रेट ३ सय रुपैयाँ रहेको अण्डाको मुल्य हाल ४ सय रुपैयाँभन्दा बढी पुगेको छ । यसैगरी मासुलगायत अन्य खाद्यान्नको मुल्य पनि उच्च रुपमा बढेको छ । सो अवधिमा तरकारीको मुल्य भने केही स्थिर नै रहेको छ ।

मुल्य नियन्त्रणको लागि सरकारी संयन्त्र कडा रुपमा प्रस्तुत हुन नसक्दा बजारमा मुल्य बृद्धि भएको वाणिज्य विभागका निर्देशक हरिनारायण बेलबासले बताए । ‘नेपालमा कति सामान आयात भएको छ त्यसको मुल्य कति हो भन्ने कुरा सरकारी संयन्त्रले लेखाजोखा गर्नुपर्ने हो,’ उनले भने, ‘संयन्त्रमा नियमन नगर्दा पनि बजार भाउ बढ्न गएको हो ।’

हाल नेपाली बजार अधिकांश आयातित बस्तुमा निर्भर भएको र डलरको मुल्य बढेकाले पनि बजारमा भाउ बढ्न गएको उनको तर्क छ । साथै व्यवसायीले मुल्य बढ्ने नाममा आयातित सामान स्टकमा राखेका भएर पनि मुल्य बढेको हुनसक्ने उनले जानकारी दिए । ‘सरकारी संयन्त्रले व्यवसायीले कति सामान आयात गरिरहेका छन् र बजारमा कति आपूर्ति भएको छ भन्ने कुराको लेखाजोखा राख्नुपर्ने हो,’ उनले भने, ‘तर, सरकारी निकायसँगै सो सम्बन्धी तथ्याङक नै राखेका छैनन् ।’ जसले गर्दा बजारमा कालोबजाररिया सलबलाउन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL