Logo

सेयर बजार २५ अंकले बढ्यो, एक अर्ब ९८ करोडको कारोबार

सेयर बजार २५ अंकले बढ्यो, एक अर्ब ९८ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक मंगलबार २५.६६ अंकले बढेको छ । आज कारोबार समयको सुरुवातिदेखि नै उकालो लागेको बजार अन्तिम समयमा दोहोरो अंकले बढ्दै १९ सय २७ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज दिनभर २ सय ६९ कम्पनीका ५५ लाख ४१ हजार ८ सय ७८ कित्ता सेयर ३६ हजार १ सय १८ पटक किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबार भएका कमपनीमध्ये १ सय ८५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ३१ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको सेयरमूल्य भने आज स्थिर छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये सबैभन्दा बढी सोल्टी होटलको ९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज शिवम सिमेन्टको ९ करोड १७ लाख र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ८ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्