Logo

आपतकालिन दूरसञ्चार मस्यौदा तयार, विपत्तीमा पनि सेवा अवरुद्ध नहुने

आपतकालिन दूरसञ्चार मस्यौदा तयार, विपत्तीमा पनि सेवा अवरुद्ध नहुने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले प्राकृतिक तथा कृतिम विपत्तिमा पनि दूरसञ्चार सेवा प्रदान गर्न नयाँ योजना ल्याउने तयारी गरेको छ । प्राधिकरणले विपत्तिमा समेत सहज रुपमा दूरसञ्चार सेवा दिन ‘राष्ट्रिय आपतकालिन दूरसञ्चार योजना’ कार्यन्वयनमा ल्याउन लागेको हो । गत बर्षको बैशाखमा गएको भुकम्पपछि सो योजनाको आवश्यकता महशुस गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

सो कार्यक्रमका लागि गृह मन्त्रालय, नेपाल आर्मी, युएन, एनटिएलगायतको प्रतिनिधि तथा आइटियुको विज्ञसहित कार्य टोलि गठन गरिएको छ । कार्य टोलिले मस्यौदा तयार पारेर स्वीकृतिका लागि एनटिए बोर्डमा बुझाएको थियो ।

एनटिए बोर्डबाट स्वीकृत गरेपछि मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयमा पठाउने तयारी गरिएको बताइएको छ । ‘ कार्यटोलिले तयार गरेको मस्यौदा चाँडै नै मन्त्रालय पठाउने छौं,’ उनले भने । नेपाल प्रकृतिक प्रकोपको जोखिमयुक्त देश भएकोले यसप्रकारको योजना ल्याउन लागेका अर्यालले जानकारी दिए ।

दूरसञ्चार प्रदायकले संकटका बेलामा प्रयोगकर्तालाई दिनुपर्ने सुविधालगायतको बारेमा सुझावसहित सो योजना तयार पारिएको हो । उनका अनुसार मन्त्रालयले पास गरेपछि प्राधिकरणले त्यस सम्वन्धी थप कार्य अगाडी बढाइने छ ।

‘इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियु)का विज्ञले भूकम्पपछिको नेपालको दूरसञ्चारको अवस्था तथा सो योजना लागु गर्न मिल्ने नमिल्ने बारे अध्ययनको रिपोर्ट बुझाएको थियो ।दूरसञ्चार प्रदायकले संकटका बेलामा प्रयोगकर्तालाई दिनुपर्ने सुविधालगायतको बारेमा सुझावसहित सो योजना तयार पारिएको हो ।

के–के छन् मस्यौदामा

योजनामा संकटको वेलामा द्रुत मार्गबाट उपकरण खरीद गर्ने, अपरेटरलाई संकटमा लागि आवश्यक न्यूनतम उपकरण स्टकममा राख्न लगाउने जस्ता विषय समावेश गरिएको छ । भुकम्प, बाढी पहिरोलगायतले सेवा प्रदायकहरुको उपकरण विग्रदा सञ्चार अवरुद्ध हुनसक्छ । त्यस्तो अवस्थामा तत्काल उपकरण खरीद गर्न द्रत मार्गको माध्यम प्रयोग गरिने बताइएको छ ।

अर्यालका अनुसार प्रत्येक सेवा प्रदायकहरुलाई संटकका लागि विग्यान, युएचआर, स्याटलाइट, वाकीटकीलगायत अत्यावश्यक उपकरण स्टकमा राख्न लगाइने बिषय सो योजनामा समाबेश छ ।

त्यस्तै विपत्तिको बेलामा सवैले एकै पटक फोन गर्दा नेटवर्क (कन्जेनस) विजी हुँदा फोन नलाग्ने समस्या हुन्छ । त्यसले गर्दा सुरक्षा निकाय वा अन्य महत्वपूर्ण निकायसँग सञ्चार गर्न समेत समस्या हने भन्दै ‘प्रायोरिटी कल रुटिङग’ गरिने छ । सो समस्या समाधानका लागि वैकल्पिक उपकरणको प्रयोग गरिने पनि योजनामा उल्लेख छ ।

त्यसैगरी, संकटका बेलामा उद्धारका लागि एउटा इमर्जेन्सी नम्वरको समेत व्यवस्था गर्न लगाइने छ । ‘संकटमा मानिसहरुले कुन नम्वरमा फोन गर्ने दोधार नहुन भन्ने उद्देश्यका साथ एउटा इमर्जेन्सी नम्वरको व्यवस्था गर्न लगाइने छ,’ उनले भने ।

संकटमा सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्तालाई एसएमएसको माध्यमबाट सचेत गराउने बारेमा योजनामा उल्लेख छ । सो योजना लागु भएपश्चात सम्भावित संकट पहिचान गरि मानिसहरुलाई सुरक्षा दिन सकिने उनको विश्वास छ । विभिन्न स्टेकहोल्डरहरुको सो समयमा भुमिका र कर्तव्यलाई समेत समय तालिका सहित निर्धारण सो योजनामा गरिएको छ । यो एनटीएको मास्टर प्लान हो ।

प्रतिक्रिया दिनुहोस्